२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सरकारले कर्मचारी नपठाउँदा कामकाज प्रभावित

२०७६, २१ कार्तिक बिहीबार ०६:३१

चिसाङ शेर्पा | कार्तिक २१, खोटाङ | जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित भएको छ । संघीय सरकारले बेलामा प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा गत साउनदेखि नगरपालिकाको कामकाज अत्याधिक प्रभावित भएको छ ।

त्यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईलाई काजमा गृह–मन्त्रालय ताने पनि सरकारले हालसम्म अर्को कर्मचारी नपठाएको नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृतको अभावमा नगरपालिकाको दैनिक कामकाज सञ्चालन, योजना सम्झौता, अनुगमनदेखि आर्थिक कारोबार ठप्प भएको नगरप्रमुख इवन राईले बताए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा दशैंमा कर्मचारीलाई तलव खुवाउन नै समस्या परेको जनाइएको छ ।

स्थानीय सरकार गठन यता हलेसी तुवाचुङ नगरपालिकामा हालसम्म शिक्षा शाखाको दशौं तहको उप–सचिव, जनस्वास्थ्य अधिकृत, सिनियर डिभिजन इन्जिनियर, इन्जिनियर, आलेप सहायक, सहायक लगायतका महत्वपूर्ण शाखाका कर्मचारी पठाइएको छैन । नगरपालिकामा हाल १४ जना कर्मचारीको पद रिक्त रहेको छ । दुई नगरपालिका, आठ गाउँपालिका रहेको खोटाङको विभिन्न स्थानीय तहहरुमा कर्मचारी पूरा छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !