2026-07-01 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताको पक्षमा काम गर्दा अप्ठ्यारोमा पारियोः बिष्ट

2019-11-21

मङ्सिर ५, काठमाडौँ | निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफू मन्त्री पदबाट बाहिरिए पनि देश, जनता र श्रमजीवि वर्गको पक्षमा लडिरहने प्रण गर्नुभएको छ । मन्त्री पदबाट बाहिरिएपछि मन्त्रालयमा आज आयोजित बिदाइ कार्यक्रममा उहाँले सरकार बदलिने, मन्त्रिमण्डल फेरबदल स्वभाविक प्रक्रिया भएको उल्लेख गर्दै आफू देश र जनताको पक्षमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


“जनताको पक्षमा काम गर्दा निकै ठूलो चुनौतिको सामाना गर्नुपर्छ भन्नेमा म पहिल्यै जानकार थिएँ”, विष्टले भन्नुभयो, “वैदेशिक रोजगारी सुधारका साथै जनताको पक्षमा काम गर्दा ठूलो अप्ठ्यारोमा पारियो ।” उहाँले आफू श्रममन्त्रीका रुपमा कार्यरत रहँदा वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवा, पसिनाको मूल्य नपाएका श्रमिक र बेरोजगार युवाको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको बताउनुभयो । “आफू थप ऊर्जा र प्रेरणाका साथ मन्त्रीबाट बाहिरिएको छु”, उहाँले भन्नुभयो, “मन्त्रीका रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीप्रति कृतज्ञ छु ।”नवनियुक्त मन्त्री रामेश्वर राय यादवलाई कार्यकाल सफलताको शुभकामना दिँदै उहाँले श्रमजीवि वर्गको पक्षमा आफूले चालेको कदम सफल हुने विश्वास व्यक्त गर्नुभयो ।


 “बेरोजगारी, अभाव तथा गरिबीसँग लडिरहेका नेपालीलाई थोरै भए पनि राज्यका तर्फबाट सुरक्षा प्रदान गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा योजना सञ्चालनमा ल्याइएको छ”, ती कार्यक्रम सफलताप्रति आशङ्का व्यक्त गर्दै उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीसम्बन्धी ठगी रोकेर न्याय दिन, यस क्षेत्रमा रहेको विकृति विसङ्गति नियन्त्रण गर्न सफल हुने विश्वास गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो