असार ९, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अष्ट्रेलिया भ्रमणका बेला पक्राउ गराउने प्रयास असफल भएको छ । "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ९, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अष्ट्रेलिया भ्रमणका बेला पक्राउ गराउने प्रयास असफल भएको छ । "/>
२०८३, १९ जेष्ठ मंगलवार
काठमाडौँ - KTM

प्रचण्डलाई अष्ट्रेलियामा पक्राउ गर्ने योजना असफल (पत्र सहित)

२०७३, ९ असार बिहीबार १३:५३

असार ९, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अष्ट्रेलिया भ्रमणका बेला पक्राउ गराउने प्रयास असफल भएको छ । प्रचण्डले अन्तिम समयमा आएर आफ्नो भ्रमण रद्द गरेपछि उनीविरुद्ध भएको ‘षड्यन्त्र’ असफल भएको हो ।


माओवादी अध्यक्ष प्रचण्ड ८ दिनका लागि मंगलबार दिउँसो १ बजे अष्ट्रेलिया जान लागेका थिए । तर, राजनीतिक व्यस्तता बढेको भन्दै उनको भ्रमण अकस्मात रोकिएको थियो । अष्ट्रेलिया भ्रमणमा जान लागेका प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग विदाइ भेटसमेतथ गरिसकेका थिए ।


प्रधानमन्त्रीसँगको भेटपछि प्रचण्डको भ्रमण अकस्मात रोकिएको हो । प्रधानमन्त्रीले उनलाई यस्तो बेलामा अष्ट्रेलिया नजान सुझाव दिएका थिए । मंगलबार दिउँसो १ बजे अष्ट्रेलिया गएर प्रचण्ड एक सातापछि फर्कने कार्यक्रम थियो ।

त्यहाँ उनले अष्ट्रेलियन संसदका सभामुख एवं सांसदहरुसँग भेट गर्नुका साथै मेलवर्न विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको थियो । आफ्नो पार्टी निकट प्रवासी संगठनको भेलालाई सम्वोधन गर्नुका साथै एनआरएनका पदाधिकारीसँग छलफल गर्ने र अष्ट्रेलियाका विभिन्न स्थानमा भ्रमण गर्ने प्रचण्डको ‘सेड्युल’ थियो ।


कसले गर्‍यो प्रचण्डविरुद्ध उजुरी ?


यसैवीच प्रचण्डको अष्ट्रेलिया भ्रमण तय भएको थाहा पाउनासाथ उनीविरुद्ध चलखेल सुरु भयो । स्रोतका अनुसार सुरुमा उनलाई भिसा नै नदिने र अष्ट्रेलिया प्रवेश गर्न नदिने प्रयास त्यहाँ रहेका माओवादी पीडित नेपालीहरुले गरे । तर, दूतावासले प्रचण्डलाई भिसा दिएपछि उनीहरुको पहिलो ‘षड्यन्त्र’ असफल भयो ।


प्रचण्डले भिसा पाइसकेपछि त्यहाँ रहेका माओवादी विरोधीहरुले प्रचण्ड ‘मानवअधिकारविरोधी’ एवं ‘हत्यारा’ भएको भन्दै अष्ट्रेलियन सरकारलाई उजुरी हाले ।माओवादी विरोधीहरुले प्रचण्डलाई कुमार लामालाई बेलायतले पक्रेजस्तै गरी गिरफ्तार गराउने उद्देश्यले अष्ट्रेलियाको पूर्वी प्रान्तीय सरकार ‘न्यु साउथ वेल्स’ का प्राइमर माइक ब्राइडलाई पत्राचार गरेका थिए । इमेलमार्फत हालिएको सो उजुरीबारे त्यहाँको सरकारले प्रान्तीय सरकारका न्यायमन्त्री एवं प्रहरीलाई समेत जानकारी गराइसकेको थियो ।


अष्ट्रेलियामा रहेका माओवादी विरोधी नेपालीका तर्फबाट पठाइएको सोही इमेलकै आधारमा प्रचण्डलाई पक्राउ गरिन्थ्यो या गरिँदैनथ्यो, त्यो उनको भ्रमण नै स्थगित भएका कारण प्रष्ट हुन पाएन । तर, माइक ब्राइडका पत्राचार प्रवन्धक गेल मिचेलले उजुरीकर्तालाई दिएको जवाफी इमेललाई हेर्दा प्रचण्डको भ्रमणलाई अष्ट्रेलिया सरकारले गम्भीर रुपमा लिएको देखिएको छ ।


यद्यपि माओवादी पार्टीले भने अन्य कारणले नभई पार्टीको आन्तरिक कामको व्यस्तताका कारण प्रचण्डको भ्रमण स्थगित भएको प्रष्ट पारेको छ ।


हेर्नुहोस पत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै