असार १३, कालीकोट । जिल्ला विकास समि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १३, कालीकोट । जिल्ला विकास समि"/>
2026-07-25 11:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

विप्लव माओवादीले जिविस प्राविधिकलाई कालोमोसो दल्यो

असार १३, कालीकोट । जिल्ला विकास समिति कालीकोटका प्राविधिक जनक रोकायालाई सोमबार विहान विप्लव नेतृत्वको नेकपा माओवादीले कालीकोटको सदरमुकाम मान्मको विच बजारमा कालोमोसो दलेका छन ।

विगत लामो समय देखि जिल्लाका विभिन्न विकास निर्माणका योजनाहरुमा उपभोक्ता समितिबाट ३० प्रतिशत बढि रकम कमिशन मागेको, योजनाहरुमा दुव्लिकेशनका साथै गुणस्तरहिन गरेको जनताहरुलाई विकास निर्माणका काम स्टमेट अनुसार नभएको भन्दै दुःखदिने गरेकोले उनलाई कालोमोसो दलेको नेकपा माओवादी कालीकोटले जनाएको छ ।

साथै माओवादीले कर्णाली रोजगार कार्यक्रममा सामान खरिदमा २५ प्रतिशत रकम कमिशन लिई योजनाहरु अधुरा गर्ने गरेको पर्चामा उल्लेख गरेको छ । रोकायले एक करोड भन्दा ठुला योजनाहरुमा दुई देखि तिन लाख सम्म कमिशन माग्ने गरेको र त्यो नदिएमा योजनाहरुको फरफराकमा रोक्दै आएको बताइएको छ ।

कालीकोट जिल्लामा माओवादीले भष्ट्राचार गर्ने र गराउनमा सहयोग गर्नेलाई आफुहरुले जस्तोसुकै चुनौति आएपनि नछाड्ने बताएको छ । विप्लव माओवादी कालीकोटका जिल्ला सेक्रेटरी लोकजङ्ग शाहीका अनुसार आफहरुको लिष्टमा धेरै भष्ट्रचारीहरुको विवरण रहेकाले निरन्तर जारी राख्ने बताएका छन ।

केही दिन अघि जिल्ला सदरमुकाम मान्ममा आयोजित सभामा आफुहरुले जिल्लाका भष्ट्रचार गर्नेहरुमाथि आफुहरुले कावाही गर्ने भन्दै उक्त पार्टीका केन्द्रिय सदस्य एटम विसिले उद्घोष गरेको एक हप्ता भित्र जनक रोकाया माथि कालोमोसो दलिएको बताइएको छ ।

सार्वजनिक स्थलमा जिविस प्राविधिक जनक रोकाया माथि अभद्र व्यावहार गरेको भन्दै घटनामा संलग्न भएको आरोपमा माओवादी पूर्व जनसरकार प्रमुख तथा भेरी कर्णालि मुक्ति मोर्चाका कर्णालि संयोजक कर्ण बहादुर भण्डारी(विराट)लाई जिल्ला प्रहरी कार्यालय कालीकोटले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक टेक बहादुर जोराले जानकारी दिएका छन । उनका अनुसार घटनामा संलग्नहरुलाई प्रहरीले खोजि कार्य जारी राखेको बताइएको छ । रुपेन्द्र ऐडीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला