Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

चन्द समूहका नुवाकोट सेक्रेटरी पक्राउ

By साझासवाल

<p><b>पुष २३, नुवाकोट |</b> जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका जिल्ला सेक्रेटरी ‘अशोक’ भनिने विन्तोष सिलवाललाई पक्राउ गरेको छ । उहाँ काठमाडौबाट पक्राउ पर्नुभएको जनाइएको छ ।<br></p><p><img src="http://sajhasabal.com/uploads/posts/d38421a29a1b1d1590fd36c0faf4ed451578453073.jpg" style="width: 355.636px; height: 306.901px; float: left;">‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता’ विरुद्धको कसुर अभियोगमा जिल्ला प्रशासन कार्यालयमार्फत म्याद लिएर अशोकलाई अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्ले मंगलबार जानकारी दिनुभयो ।</p><p>नुवाकोटको विदुर नगरपालिका वडा नं २ नुवाकोटडाडाँ, वडा नं १० गेर्खु, बेलकोटगढी नगरपालिका वडा नं ४ पेटारेपाखामा एनसेलको टावरमा आगजनी, ककनी गाउँपालिकाको वडा नं १ को वडा कार्यालयमा बम विष्फोटन तथा डर र त्रास दिएर विभिन्न स्थानमा चन्दा सङ्कलन गरेको लगायतका अभियोगमा समेत अशोक संलग्न रहेको प्रहरीले दाबी&nbsp; गरेको छ । रासस</p>