सोनु कुमार सुनार | साउन १,कपिलवस्तु Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सोनु कुमार सुनार | साउन १,कपिलवस्तु
2026-09-15 11:49 PM
कपिलवस्तु - KPL

ससमृद्ध नेपाल निर्माणको लागी राष्ट्रिय युवा अभियानः अध्यक्ष शाही

सोनु कुमार सुनार | साउन १,कपिलवस्तु । नयाँ शक्ति नेपाल पार्टी निकट राष्ट्रिय युवा अभियान कपिलवस्तुको प्रथम जिल्ला भेला आज तौलीहवामा सम्पन्न भएको छ ।

भेलाले जि.एन पाण्डेको अध्यक्षतामा ७१ सदस्यिय नयाँ कार्यसमिती चयन गरेको छ । कार्यक्रम मा बोल्दै राष्ट्रिय युवा अभियानका केन्द्रिय अध्यक्ष कमल शाहीले अहिले सम्मका राजनितीक दलले युवालाई सत्तामा पुग्ने साधन बनाएको तर कार्यकारी भुमिका बाट बञ्चित गरेको बताउँदै  समृद्ध राष्ट्र निर्माण का लागी आफ्नो संगठन को स्थापना भएको बताउनु भयो ।

त्यस्तै नयाँ शक्ति नेपाल केन्द्रिय परिषद सचिवालय सदस्य विष्णु हरी शर्माले राजनिती र दर्शन सधै अपरिवर्तनिय हुन नसक्ने बताउनु भयो , दिन पछी रात आउने भएकाले रातलाई पनी दिन भन्न नसकीने भएकाले माक्र्सबाद अपरिवर्तनिय हुनै नसक्ने उहाको जिकीर थियो ।

कार्यक्रममा नयाँशक्ति नेपाल जिल्ला संयोजक नारायण खनाल , केन्द्रिय परिषद सदस्यहरु अब्दुल मोमिन मुसलमान राम लौटन तिवारी ,इलीयाज मुसलमान , पाँच नम्बर प्रदेश सदस्य सुरेन्द्र तिवारी , राष्ट्रिय युवा अभियान का केन्द्रिय प्रवक्ता टेकेन्द्र जोशी , प्रशिक्षण विभाग प्रमुख सौगात पोख्रेल ,विदेश विभाग प्रमुख शंकर भण्डारी ,केन्द्रिय सचिवालय सदस्य पंकज राई  लगायतले सुभकामना मन्तव्य राख्नु भएको थियो ।

नेपाल प्रेस सोसाइटी का केन्द्रिय सदस्य मनिकर कार्की र रमेश पोखे्रलको समेत उपस्थिती रहेको कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी युनियन का जिल्ला अध्यक्ष अव्दुल करिम गद्धी ले राख्नुभएको थियो , एस.के स्मिथको संचालन रहेको कार्यक्रमको  अध्यक्षता जि.एन पाण्डेले गर्नुभएकोे थियो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु