2026-07-09 10:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विपन्न वर्गलाई अबिलम्ब राहत उपलब्ध गराउन सांसद साहको माग

चैत १६, सिरहा । कोरोना भाइरसको महामारीले विश्व नै संकटमा परेको बेला दैनिक ज्यालादारी गरि गुजारा चलाउने बिपन्न वर्गका जनतालाई अबिलम्ब राहत उपलब्ध गराउन प्रदेश २ का सांसद दिलिप साहले मांग गरेका छन् ।

सिरहा क्षेत्र नं. ४ का “क” प्रदेश सभाका सांसद समेत रहेका साहले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ सरकारले स्थापना गरेको राहतकोष भन्दा पनि व्यवस्थापन पक्ष मजबुत गर्नुपर्ने बताए ।

व्यवस्थापन अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाई छ । अहिले सरकारले राहतकोष खडा गर्नुभन्दा पनि व्यवस्थापन तर्फ ध्यान केन्द्रित गर्नुपर्ने बढि आबश्यकता रहेको उनले जिकिर गरे ।

उनले भने,‘अहिलेको प्रमुख आबश्यकता कोरोना संक्रमितहरुको पहिचान गरि उनीहरुलाई सहज र सुलभ उपचार सेवा दिनु हो । तर संक्रमितहरु अस्पतालसम्म पुग्दा त्यहाँ उनीहरुलाई कुनै वास्ता नै गरिंदैन ।’

उनले विदेशबाट फर्केकाहरुको खोजी गरि उनीहरुलाई क्वारेन्टाइनसम्म पुर्याएर निगरानी गर्नुपर्ने सरकारको प्रमुख दायित्व रहेको बताए । कोरोना रोकथामबारे प्रदेश सरकार गम्भीर नरहेको समेत उनले आरोप लगाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो