२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लकडाउनमा प्रदेश प्रमुख, सभामुख र मुख्यमन्त्रीको दैनिकी

२०७६, २७ चैत्र बिहीबार ०३:३८

अञ्जली थापा | चैत २७, चुरियामाई | कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न सिङ्गो मुलुक केन्द्रित भएका बेला वाग्मती प्रदेशका प्रमुख, सभामुख र मुख्यमन्त्री प्रदेशभित्र भाइरसको रोकथाम र नियन्त्रणमा निवास र कार्यालयबाट नियमित सक्रिय रहनुभएको छ ।

प्रदेश प्रमुख विष्णु प्रसाईं जिल्लामा औषधि र खाद्यान्नको अवस्थाबारे बुझ्ने र थप गर्नुपर्ने स्थानमा प्रदेश सरकारलाई निर्देशन दिने गर्नुहुन्छ । उहाँले प्रत्येक तीन–तीन दिनमा प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने र देखिएका समस्या समाधान गर्न आग्रह गर्ने काममा आफूलाई व्यस्त बनाउनुभएको छ । यी सबै कार्य उहाँले आफ्नो निवासबाट नै गर्नुहुन्छ । “यस्तो विषम परिस्थितिमा फोन र सामाजिक सञ्जालबाट गर्न सकिने कार्य घरबाटै गर्नुपर्छ, आफू पनि सुरक्षित हुनुपर्छ अरुलाई पनि गराउनुपर्छ ।” उहाँले भन्नुभयो ।

महामारीबाट बच्न स्वस्थ जीवनशैली अपनाउनुपर्नेमा जोड दिँदै सबैले योगा र व्यायाम गर्नुपर्छ सुझाव दिँदै आफू सामान्यतः बिहान ४ बजे उठेर कपालभातीलगायतका योगाभ्यास गर्ने गरेको जनाउनुहुन्छ । उहाँको देब्रे हात पछाडिबाट माथि नजाने समस्या रहेकाले मोही पार्ने योगा गर्ने गर्नुहुन्छ । योगाले स्वस्थ र फुर्तिलो रहन मद्दत गर्ने बताउँदै सबैले यसको पालना गरेमा स्वस्थ्य भइने प्रसाईँको अनुभव छ । 

बिहानको समय आफ्नो शारीरिक स्वास्थ्यमा खर्च गर्ने बताउँदै उहाँले दिउँसोको समयमा जिल्लाको अवस्था बुझ्ने र सोही बीचमा पुस्तक पढ्ने गरेको जनाउनुभयो । उहाँले भन्नुभयो, “राज्यले तपाईंहरुको स्वास्थ्यका लागि लकडाउनको निर्णय लिएको हो, यसलाई पूर्ण पालना गर्नुस् र सुरक्षित रहनुहोस् ।” 

प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ यसबीचमा बिहानको खाजा र केहीबेरको आरामपछि दुई घण्टा अध्ययन गर्ने गर्नुहुन्छ । आफूले थाइराइडसमेत प्राणायामबाट नै निको पारेको बताउँदै उहाँले सर्वसाधरणलाई टेलिभिजन तथा युट्युब हेरेर भए पनि यसको अभ्यास गर्न आग्रह गर्नुभयो । उहाँले आफ्नो दैनिकी बिहान ३ बजेबाट नै शुरु हुने बताउँदै अधिकांश समय ध्यान तथा योगा गरेर व्यतित गर्ने गरेको जानकारी दिनुभयो । बिहान उठ्नेबित्तिकै पहिलो काम नै योगा र ध्यान रहेको उहाँले जानकारी दिनुभयो । त्यसपछि बगैँचामा भएका बोटबिरुवा चलाउने गरेको उहाँको भनाइ छ । बोटबिरुवा चलाउँदा पनि त्यसबाट आफूमा सकारात्कम किरण तथा शक्तिहरु प्रवेश गर्ने भएकाले सर्वसाधारणलाई पनि आफ्नो घर तथा करेसामा भएका बोटबिरुवा गोडमेल गर्न उहाँले सुझाउनुभयो ।

बुद्ध दर्शनमा स्नातकोत्तर श्रेष्ठ यही विषयमा पुस्तक पढेर समय बिताउने गरेको बताउँदै अन्य किताब तथा समाचार सामग्रीमा पनि केही समय खर्चने जनाउनुहुन्छ । श्रेष्ठले सभामुखको जिम्मेवारी सम्हालेसँगै राजनीतिक गतिविधिमा संलग्न नभए पनि राजनीतिबाटै आएका कारण सर्वसाधारणले गुनासोसहित फोन गर्ने हुनाले त्यो समाधान गर्न समन्वय गर्ने गरेको उहाँको भनाइ छ । काठमाडौँ महानगरपालिका ९ र ३२ नं वडामा टेलिफोनमार्फत नै राहत वितरणमा समन्वय गरिरहेको उहाँको भनाइ छ । 

कार्यकारी भूमिकामा रहेकाले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अधिकांश समय विभिन्न निकायका व्यक्तिसँग छलफल र कार्यान्वयनमा समय बित्ने गर्छ । उहाँले लकडाउनको समयमा निवासमा मात्र बस्न नमिल्ने बताउँदै दैनिक अधिकांश समय व्यक्तिगत काममा भन्दा पनि सरकारको काम र छलफलमा बिताउने गरेको जनाउनुभयो ।

उहाँ बिहान ५ बजे उठेपछि राति ११ बजेसम्मको समयमा कार्यतालिका बनाएर काम गर्नुहुन्छ । बिहानको नित्यकर्म, चियानास्ता र समाचार पढ्नेबाहेक बिहानीको सबै समय काममा खर्चने गरेको जनाउँदै उहाँले बिहान ८ बजेदेखि ८ः३० बजेसम्म स्थानीय तह तथा माननीयसँग टेलिफोन कुराकानी गर्ने सुनाउनुुभयो । त्यसपछि १० बजेसम्म विभिन्न भेटघाट र ११ बजे खाना खाएर कार्यालय जाने गर्नुहुन्छ । उहाँ प्रदेशका महत्वपूर्ण काम भएमा ५ बजेपछि पनि व्यस्त हुने र नभएमा ५ बजेपछि निवास फर्कने गर्नुहुन्छ । दैनिक कार्यसमीक्षाका लागि उहाँले ५ देखि ६:३० बजेसम्मको समय निर्धारण गर्नुभएको छ भने बेलुकाको खानापछि सुत्नुअघि केहीबरे अध्ययन पनि गर्ने गर्नुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा