साउन ४, पर्वत । पर्वत, नेकपा माओवादी विप्लबका नेता धर्मेन्द्र बास्तोलाले राष्ट्रिय स्वाभिमान, जनतन्त्र र जनजिविकाका सवालमा आफुहरु हतिायार उडाउन पनि पछि नपर्ने बताएका छन् । पछिल्लो समयको सत्ताकेन्द्रित राजनीतिकले गर्दा नागरिकको हकअधिकार मात्रै कुन्ठित नभई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ४, पर्वत । पर्वत, नेकपा माओवादी विप्लबका नेता धर्मेन्द्र बास्तोलाले राष्ट्रिय स्वाभिमान, जनतन्त्र र जनजिविकाका सवालमा आफुहरु हतिायार उडाउन पनि पछि नपर्ने बताएका छन् । पछिल्लो समयको सत्ताकेन्द्रित राजनीतिकले गर्दा नागरिकको हकअधिकार मात्रै कुन्ठित नभई"/>
2026-07-03 01:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राष्ट्रिय स्वाभिमान, जनतन्त्र र जनजिविकाका लागि हतियार उडाउन पछि पर्दैनौ : बास्तोला

साउन ४, पर्वत । पर्वत, नेकपा माओवादी विप्लबका नेता धर्मेन्द्र बास्तोलाले राष्ट्रिय स्वाभिमान, जनतन्त्र र जनजिविकाका सवालमा आफुहरु हतिायार उडाउन पनि पछि नपर्ने बताएका छन् । पछिल्लो समयको सत्ताकेन्द्रित राजनीतिकले गर्दा नागरिकको हकअधिकार मात्रै कुन्ठित नभई देशको स्वाभिमानमा समेत खतरा देखिएको भन्दै बास्तोलाले नागरिकको जनतन्त्र र जनजिविकाका सवालमा आफुहरुले सम्झौता गर्न नसक्ने बताए ।

उनले भारतले जड्याहा श्रीमानको भूमिका खेलिरहेको र बारम्बार नेपालमाथि गिद्धे नजर लगाइरहेको र नेपालका राजनीतिक दलहरुले भारतसँग इमान्दार श्रीमतिको भूमिा निर्वाह गर्दै भारतको पूजागर्दै देशका लागि घातक सन्धिसम्झौता गरी देशलाई सिध्याउन खोजेको समेत उनले आरोप लगाए । पछिल्लो समयमा देशको सत्तासमिकरणमा देखिएको विवादपनि त्यसैको उपज भएको उनको दाबी छ ।

एमाले र माओवादी केन्द्रविच ९ महिनामा सत्तासमिकरण परिर्बतन गर्ने सहमति भएको तर पछि एमालेले सो कुरा नमानेका कारण ओली सरकार ढलमलाएको भन्दै आगामी दिनमा भन्ने भनिएको माओवादी र काँग्रेसविचको सरकारपनि ९÷९ महिनामा परिर्वतन हुने सहमति गरेर राजनीतिक दलहरु देशलाई आर्थिक विकासतर्फ भन्दापनि सत्ताकेन्द्रि राजनीति गरेको आरोप लगाए । उनले नेपालमा आलोपालो सरकारको कार्य सम्भव नभएको दाबी गरे । नेपालको संविधान एसियाकै उत्कृष्ट भएको दाबी गरीएता पनि त्यसमा सत्यता नभएको उनले तर्क गरे ।

संविधान एसियाकै उत्कृष्ट भएको भए किन नागरीक आफ्ना हक अधिकार संविधानले उल्लेख गर्न सकेन भनेर संविधानको विरोध गर्थे ? उनले प्रश्न गरे । राजनीतिक दलहचले संविधान प्रचारप्रसारका अभावमा कमजोर देखिएको टिप्पणी गरेता पनि नागरिकको हकअधिकार भन्दा पनि राजनीतिक दलहरुलाई फाइदा हुने खालको रहेको बताए । कुश्मामा विप्लब माओवादीले गरेको नेपालको बर्तमान राजनीति अबस्था र आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन । विभिन्न राजनीतिक दलहरुसँग विप्लब माओवादीले पछिल्लो समयमा देशको राजनीतिक गतिरोध र त्यसको अन्त्यका लागि र समृद्ध नेपाल र दिगो विकासका बारेमा छलफल तथा परामर्श लिएको थियो । माओवादीले देशको स्वाभिमानको लागि आफुहरु हतियार उठाएर जनक्रान्ति गर्नको लागि समेत तयार रहेको बताएको छ ।

माओवादीले सरकारले विदेशी कम्पनीलाई उनीहरुर्कै सर्तमा नेपालमा पस्न दिएको करोडौ रकम विदेश पठाएको बताएको छ । एनसेलका टावरमाथि आक्रमण गर्नु माओवादीको लक्ष्य नरहेको तर देशलाई तिर्नुपर्ने कर तिर्नको लागि इन्कार गरेका कारण आफुहले भण्डाफोर गर्नको लागि आक्रमण गरेको बताएको छ । माओवादीले आगामी दिनमा पनि देशमा भएका अनियमितता, कालोबजारी, भ्रष्टाचार, दलाली, महङगी जस्ता विषयमा आवाज उठाउने र भण्डाफोर गर्ने जनाएको छ । कार्यक्रमको संचालन जनपरिषद प्रमुख बैकुण्ठ गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ