Skip to content
Friday, July 17, 2026 Nepali Online Media

लकडाउनमा आधा तरकारी भारतबाटै,

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख ३०, काठमाडौँ | कोरोनाको विश्वव्यापी महामारीको समयमा भयानक रुपमा कोरोना फैलिइरहेको भारतबाट नेपालमा खपत हुने कुल तरकारीको झन्डै आधा तरकारी भित्रिएको छ ।

स्वदेशका किसानको उत्पादनहरु नबिकेको गुनाशो आईरहेको बेला भारतबाट बिना चेकजाँच ठूलो परिणाममा तरकारी भित्रिरहेको छ ।

नेपाली किसानले उत्पादन गरेको तरकारी बारीमा सुकिरहेको छ, सडिरहेको छ । तर, भारतबाट निर्वाध आएको तरकारी सीधै उपभोक्ताको भान्सामा पुगिरहेको छ । नेपाली किसानको उत्पादन उठाउन नमान्ने बिचौलिया व्यापारीले फोनकै भरमा भारतबाट तरकारी मगाएर नाफा कमाइरहेका छन् ।

लकडाउनको बेला तरकारीको उपभोग घटेको छ । यस्तो अवस्थामा देशभीत्रकै तरकारीले उपभोक्तालाई थेग्न सक्ने अवस्थामा देशको उत्पादन कुहिन दिएर भारतबाट आयात गरिएको छ ।

भारतबाट तरकारी आयात भईरहेको विषयलाई काठमाडौँ महानगरपालिकाका एक कर्मचारीले समेत स्वीकारेका छन् ।