साउन ५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदमा गायब बनाइएको आर्थिक विधेयक खोज्नुपर्ने बताएका छन् । बुधबार नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘संसदको कार्यसूचीमा रहेको आर्थिक विधेयक कसल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदमा गायब बनाइएको आर्थिक विधेयक खोज्नुपर्ने बताएका छन् । बुधबार नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘संसदको कार्यसूचीमा रहेको आर्थिक विधेयक कसल"/>
2026-07-25 03:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले भने- ‘अविश्वास प्रस्ताव होइन ‘ईश्र्या प्रस्ताव’ हो’

साउन ५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदमा गायब बनाइएको आर्थिक विधेयक खोज्नुपर्ने बताएका छन् । बुधबार नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘संसदको कार्यसूचीमा रहेको आर्थिक विधेयक कसले लुकायो ?’

प्रधानमन्त्री ओलीले गायब बनाइएको सो विधेयकको कार्यसूची बिहीबारको संसद बैठकमा खोजी हुने समेत बताए । बलजफ्ती गरेर अघि नबढ्न ओलीले सबैलार्य आग्रह गरे । त्यस्तै, सरकारको लोकप्रियताबाट चिन्तित भएर अन्य पार्टीले व्यवस्थापिका–संसदमा अविश्वासको प्रस्ताव ल्याएको प्रधानमन्त्रीको भनाइ छ । 

जिफन्ट को छैटौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आर्थिक विधेयक पारित हुने निर्णायक बिन्दुमा पुगेका बेला उक्त कार्यसूची गायब बनाउने काम भएको टिप्पणी गरेका हुन् । 

उनले संसद्लाई मर्यादित संस्था बनाउनुपर्नेमा जोड दिँदै प्रश्न भने, ‘संसद् मनपरि गर्ने ठाउँ होइन, राज्य चलाउन र कर उठाउन आवश्यक पर्ने विधेयक पारित गर्नु नपर्ने, खाली सरकार मात्र फेरेर पुग्छ ?’ असार २९ गते दर्ता भएको अविश्वास प्रस्तावमा बिहीबारबाट छलफल हुने कार्यसूची छ ।

अविश्वास प्रस्तावलाई विपक्षीको ‘ईश्र्या प्रस्ताव र चिन्ता प्रस्ताव’ को संज्ञा दिँदै उनले सरकारले ल्याएका आत्मनिर्भरता र विकासका योजनाका कारण आगामी निर्वाचनमा आफ्नो पार्टीको साइनबोर्ड समेत नरहने हो की भन्ने चिन्ताले सरकार ढाल्ने प्रयास भएको बताए । 

प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक जीवनको गन्तव्य सरकारमा पुग्नु वा बसिरहनुभन्दा पनि मुलुकलाई तीव्र आर्थिक विकास गरेर आत्मनिर्भर बनाउनु भएको बताए । उनले नयाँ सरकार बनाउनका लागि संविधानले बाटो देखाइदिनुपर्ने भन्दै राजनीतिलाई तनावतिर नलगी सहजतातिर ल्याउन आग्रह गरे प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा प्रधानमन्त्री ओली आउँदा सहभागीले ‘आइ एम विथ केपी ओली’ को प्ले कार्ड प्रदर्शन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक