२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन सार्वजनिक हुँदै

२०७७, १७ जेष्ठ शनिबार ०९:२४

जेठ १७, काठमाडौँ | कोभिड–१९ का कारण उत्पन्न असहज अवस्थामा सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारको नीति तथा कार्यक्रम पेश हुनुअगावै प्रस्तुत गर्नुपर्ने वार्षिक प्रतिवेदनलाई प्रायः अन्तिम रुप दिएको छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार परराष्ट्र र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट हुने कामको अनुगमन र मूल्याङ्कन गरी आवश्यक सुझाव एवं निर्देशन दिने समितिले एक वर्षभित्र गरेका काम कारवाही समेटिएको वार्षिक प्रतिवेदनलाई अन्तिम रुप दिन समितिको आजको बैठकमा निर्णय नभए पनि आगामी बैठकमा प्रतिवेदन टुङ्ग्याउने गरी बैठक गर्ने सभापति पवित्रा निरौला खरेल बताउनुहुन्छ ।

आजको बैठकमा समितिले तयार पारेको प्रतिवेदनमा छुटेका विषयवस्तु र सदस्यका सुझावलाई समावेश गरिने, छिमेकी मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई अक्षुण राख्न उच्चस्तरीय कूटनीतिक माध्यमबाट नै सबैखाले समस्या निरुपण गर्ने विषयलाई पनि प्रतिवेदनमा समेट्न सुझाव प्राप्त भएको बताउनुहुन्छ ।

नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डता रक्षा भारतलगायत विश्वका अन्य राष्ट्रमा रहेका नेपालीहरुको कोभिड–१९ को महामारीबाट सुरक्षा, उनीहरुका समस्या सम्बोधन, बन्दाबन्दीले विदेशमा अलपत्र परेका नेपालीको उद्धार, अतिक्रमित नेपाली भू–भागलाई समेटेर नेपालको नयाँ नक्सा प्रकाशन, भारतद्वारा नेपालको दार्चुला जिल्लाको लिपुलेक क्षेत्रमा निर्मित सडक, लिम्पियाधुरा, लिपुलेकलगायत कालापानी भू–भागमा नेपालको सुरक्षा र प्रशासनिक उपस्थिति कायम गर्न नेपाल सरकारलाई दिइएका सुझाव र निर्देशन प्रतिवेदनमा समेटिएको छ । 

त्यसैगरी एक वर्षको अवधिमा समितिले भारतीय निजी कम्पनीले नेपालको गर्ने भनिएको इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी पुरस्कार कार्यक्रम, सीमा सुरक्षा र डुबान समस्या, नेपाल वायुसेवा निगमको वाइडबडीसहित अन्य विमान खरिद, नागरिक उड्डयन, पर्यटन प्रवद्र्धन, नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन र व्यवस्थापन, विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक सम्पदा क्षेत्र, तारा गाउँ विकास समितिको जग्गा प्रकरणलाई पनि वार्षिक प्रतिवेदनमा समावेश गरिएको सभापति निरौलाले बैठकलाई जानकारी गराउनुभयो ।

विपक्षी दलका केही सदस्यले परराष्ट्रमन्त्रीले महाकाली सन्धिलाई ‘गम्भीर त्रुटि’ भनेर गर्नुभएको सार्वजनिक टिप्पणीबारे समितिलाई स्पष्ट गर्नुपर्ने, चीन र भारतबीचको सीमा क्षेत्रमा सुरक्षा जाँच चौकी (बिओपी) स्थापना, नेपालको नयाँ नक्सा जारी भइसकेपछि चीन र भारतले नेपाललाई पठाएका कूटनीतिक पत्राचार प्रतिवेदनमा थप्नुपर्ने सुझाव दिनुभएको थियो ।

समितिका सुझाव तथा निर्णयहरुलाई कार्यान्वयन गर्न सरकारका तर्फबाट प्रतिबद्धता भए पनि समितिका धेरै निर्देशन पालना नभएको गुनासो केही सदस्यहरुले गर्नुभएको थियो भने अन्यले समितिलाई आवश्यक, भौतिक, आर्थिक, मानवीय स्रोत साधन उपलब्ध गराउनुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु