ललित बोहरा/साउन ७, डडेल्धुरा । नेकपा एमाले डडेल्धुराले बिचार गोष्ठि तथा बालगृहमा रहेका बालवालिकालाई फलफुल वितरण गरी शुक्रवार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/साउन ७, डडेल्धुरा । नेकपा एमाले डडेल्धुराले बिचार गोष्ठि तथा बालगृहमा रहेका बालवालिकालाई फलफुल वितरण गरी शुक्रवार "/>
2026-09-19 01:53 AM
डडेलधुरा - DDL

डडेल्धुरामा पनि पुष्पलाल स्मृती दिवस मनाईयो

ललित बोहरा/साउन ७, डडेल्धुरा । नेकपा एमाले डडेल्धुराले बिचार गोष्ठि तथा बालगृहमा रहेका बालवालिकालाई फलफुल वितरण गरी शुक्रवार ३८आँै पुष्पलाल स्मृती दिवस मनाएको छ ।

नेकपा एमाले डडेल्धुराद्धारा सदरमुकाममा आयोजित ‘वर्तमान सन्दर्भमा पुष्पलालका विचारहरुको सान्दर्भिकता’विषयक बिचार गोष्ठिमा समृद्ध नेपालको स्थापनाका लागी बामपन्थि र दक्षिणपन्थी बिचार मिलेर जानु पर्नेमा सहभागीहरुले जोड दिएका थिए । 

स्वर्गिय नेता पुष्पलालले समृद्ध नेपालको परिकल्पना गरी जहानिय राणा शासनकालको अन्त्य गरेको नेकपा एमाले जिल्ला कमिटी सचिव धनबहादुर साँउदले बताएका थिए । विचार गोष्ठिमा बुद्धिजिवि परिषद डडेल्धुराका अध्यक्ष पुष्पराज जोशीले पुष्पलालले गरेका क्रियाकलाप बारे कार्यपत्र प्रस्तुत गरेका थिए । विचार गोष्ठिमा महाकाली साहित्य प्रतिष्ठानका अध्यक्ष कर्णबहादुर चन्दले पुष्पलाल एक महान पुरुष भएको बताउदै उनले देखाएको बाटोमा हिड्नु पर्ने बताएका थिए ।

यसै बिच स्मृति दिवसको अवसरमा नेकपा एमाले डडेल्धुराले अमरगढी ७ पोखरामा रहेको वेथस्दा बालगृमा रहेका अनाथ बालवालिकालाई फलफुल वितरण गरेको छ । वेथस्दा बालगृहमा अहिले ९ जना अनाथ बालवालिका रहेका छन । 

पाँच जना बालवालिका बिद्यालयको अध्ययन पश्चात घर फिर्ता पठाईएको बालगृहका सञ्चालकले जनाएका छन । उग्रतारा उच्च मावि र महादेव शैलेश्वर प्रावि पोखरामा अध्ययनरत अनाथ बालवालिकालाई सातामा एक पटक वेथस्दा चर्चमा गरिने मण्डलीबाट अन्न मुठी दान, रुपैया दान उठाईने गरेको छ । 

बालवालिकाको खर्चका लागी भारतको एन.आई.सि.गड ले प्रति महिना एक बालकका लागी दुई हजार रुपैया दिने गरेको बालगृह सञ्चालक जित ताम्राकारले बताएका छन । कानुनी समपुर्ण प्रक्रिया पु¥याई बालगृह सञ्चालन गरे पनि महिला तथा बालवालिका कार्यालय डडेल्धुराले लिखित रुपमा अनुमती नदिँदा आरोप सहनु पर्ने सञ्चालक ताम्राकारले दुखेसो पोखेका छन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई