2026-09-13 01:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

असार १०, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधपछि स्थगित भएको छ । बैठक प्रारम्भ हुनासाथ आफ्नो आसनबाट उठेर प्रतिपक्षी दलका सदस्यले अवरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले बजेट माथिको छलफल गर्ने पहिलो दिन भएकोले आफ्नो आसनमा बस्न आग्रह गर्नुभएको थियो । 

सभामुखको आग्रहपछि पनि प्रतिपक्षी सदस्य आफ्नो आसनमा नबसेपछि एक जनालाई आफ्नो भनाइ राख्न अनुमति दिनुभयो । त्यसपछि नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले क्वारेन्टाइनमा बसेका नागरिकलाई बिना स्वास्थ्य जाँच घर पठाउने कार्य भइरहेको, उनीहरुको पिसिआर जाँच नहुँदा सङ्क्रमणको थप जोखिम बढेको क्वारेन्टाइनको अवस्था लथालिङ्ग भई जनता त्रसित हुँदापनि प्रदेश सरकार गम्भीर नभएको भन्दै तत्काल पिसिआरबाट स्वास्थ्य जाँचको व्यवस्था गर्न र नागरिकलाई व्यवस्थित क्वारेन्टाइनको व्यवस्था गरी रोग नियन्त्रणमा प्रभावकारी काम गर्न माग गर्नुभयो । 

त्यसपछि पनि प्रतिपक्षी सदस्य आफ्नो आसनबाट उठेर विरोध गरेपछि सभामुखले बैठक स्थगन गरिएको जानकारी गराउनुभयो । आजको बैठकमा सरकारको आगमी आर्थिक वर्षका लागि ल्याइएको बजेट कार्यक्रममाथि छलफल शुरु गर्ने कार्यसूची रहेको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन