साउन ८, काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नयाँ बन्ने गठबन्धन जगबिनाको गजुर भएको  बताएका  छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ८, काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नयाँ बन्ने गठबन्धन जगबिनाको गजुर भएको  बताएका  छन् । 
2026-07-25 01:21 PM
काठमाडौँ - KTM

काँग्रेस-माओवादी गठबन्धन जगबिनाको गजुर: भट्टराई

साउन ८, काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नयाँ बन्ने गठबन्धन जगबिनाको गजुर भएको  बताएका  छन् । 

एमाले सञ्चार इलाकाको विस्तारित बैठकलाई आज सम्बोधन गर्दै पार्टीका प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र मिलेर वर्तमान सरकार ढाल्ने कार्य सुरु गरे पनि आफ्नो पार्टी त्यसबाट नअत्तालिने स्पष्ट गरे । 

उनले काँग्रेस र माओवादीबीचका भाषा र शैलीकै भिन्नताका कारण उनीहरुको गठबन्धन दिगो हुन नसक्ने टिप्पणी गर्दै अल्पमतमा परिसकेपछि एमाले सशक्त प्रतिपक्षमा बस्न तयार रहेको जनाए। उनले भने, ‘एमाले लोकतान्त्रिक पार्टी हो, अविश्वासको प्रस्ताव आइसकेपछि सरकारमा रहँदैन भन्ने हामीलाई थाहा छ । 

नयाँ सरकार गठनका लागि संविधानको अस्पष्टताबारे हामीलाई चिन्ता छैन । त्यसमा केही समस्या भएमा राष्ट्रपति वा सर्वाच्च अदालतबाट फुकाउने काम होला । हामी कतै गुहार्न जाँदैनौँ । एमाले प्रतिपक्षी भूमिकामा ‘च्याम्पियन’पार्टी हो । त्यही स्थानमा हामी बस्न तयार छौँ ।’ 

एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहाल, चौतारीका पूर्वअध्यक्ष शम्भु श्रेष्ठ र राजेन्द्र अर्याल, उपत्यका पेसागत बुद्धिजीवी जिल्ला कमिटीका अध्यक्ष प्रेम पराजुलीको पनि भेलामा सहभागिता थियो । इलाका अध्यक्ष टङ्क पन्तले आगामी भदौ ४ गते इलाका अधिवेशन गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय