२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अविश्वासको प्रस्तावको पक्षमा अधिकांश संसद, गच्छेदार र राप्रपा पनि एमालेको विपक्षमा

२०७३, ८ श्रावण शनिबार २०:०६

साउन ९, काठमाडौं | व्यवस्थापिका संसदमा आज सरकार माथि अविश्वासको प्रस्तावमा मतदान हुने भएको छ संसदहरुको बहुमतले प्रधानमन्त्रीमा निर्वाचित केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव भारी बहुमतले पारित हुने संकेत देखाएको छ । 

एमाले, कांग्रेस र मधेशबादीहरुको विपक्षमा रहेको सरकारलाई अब सत्तासाझेदारहरु मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलले समेत बिपक्षी बनाइदिएपछी एमाले अहिले एक्लिएको छ । नेपाली कांग्रेससहित १३ दलको समर्थनमा असार २९ गते संसदमा प्रचण्डले पेस गरेको सरकार बिरुद्धको अविश्वासको प्रस्तावको पक्षमा झन्डै ३ सय ७० संसदले मतदान गर्ने नेताहरुले दावी गरेका छन्  

संसदमा १९ दलले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने कांग्रेस, माओवादीले जनाएको छ । सनिबार विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएपछी अविस्वासको प्रस्तावको पक्षधरलाई थप बल पुगेको छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले संसदीय दल र पार्टी कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गर्दै फोरम लोकतान्त्रिकले पनि संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मत दिने निर्णय पनि गरेको हो ।

आज संसद बैठक सुचारु भएपछि प्रधानमन्त्री ओलीले संसदमा उठेका प्रश्नहरुको उत्तर दिनेछन् । साथै अविश्वासको प्रस्ताव फिर्ता नभएमा मतदान हुने व्यवस्था छ । यो अवस्थामा मतदान हुनु अगावै प्रधानमन्त्रीले राजीनामा वा पदभार छाड्न सक्नेछन | यदी त्यसो नगरेपनि ओली अल्पमतमा रहेका कारण अविश्वासको प्रस्ताव पारित हुने निश्चितजस्तै छ । व्यवस्थापिका संसदको बैठक आज ११ बजे बस्दैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी