2026-07-25 04:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी बजेट कुम्ल्याउन सभासदद्धयले गरे फर्जी विल पेश

साउन १०, पर्वत । जिल्लाका दुई सांसदले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको डेढ करोड बजेट हुँदै नभएको आयोजनाको नाममा फर्जी बिल पेस गरी लाखौं रकम कुम्ल्याएको खुल्न आएको छ । 

निर्वाचन क्षेत्र नम्बर १ का सांसद अर्जुनप्रसाद जोशी र क्षेत्र नम्बर २ का सांसद विकास लम्सालले स्थानीय स्तरमा हुँदै नभएको योजना तयार पारी रकम भुक्तानी गरेको कुराले सनसनी मच्चिएको छ । कागजी फर्जी बिल बनाएर सांसदहरुले लाखौ रकम लिएको कुरा जिल्ला विकास समितिले हालै गरेको अनुगमनबाट खुलेको हो । 

जिविसका टोलीहरु गाउँ पुगेर बुझ्दा लम्सालले स्रोत नखुलेका योजनामा २० लाखभन्दा बढी रकम खर्च गरेको भेटिएको छ । उनले कृषि, वन, वातावरण तथा पशु विकास शीर्षकमा १८ लाख रुपैयाँ खर्च भएको देखाएकोलाई अनुगमन गर्दा फिल्डमा केही नदेखिएको अनुगमन टोलीले खुलासा गरेको छ । 

अनुगमनका लागि प्राविधिकसहित पुगेको टोलीहरुले भने–‘अनुगमन गर्दा खानीगाउँको नर्सरीका लागि भनी विनियोजित तीन लाख रकमको कुनै काम भएको देखिएन ।’ नर्सरी अनुगमन गर्न पुगेका प्राविधिकसहितको टोलीलाई लम्सालका स्वकीय सचिवले भूसंरक्षण कार्यालयको नर्सरी देखाएको अनुगमन टोली सदस्यले तथा बताए । 

‘डालेघाँसका बिरुवाको नर्सरी भनेर हेर्न गइयो,’ उनले भने, ‘त्यहाँ पुग्दा भू–संरक्षणले तीन वर्षअघि स्थापना गरेको नर्सरी देखाएपछि फर्जी योजना भन्ने पक्का भयो ।’ सांसदहरूको सूचीमा सूचीकृत कतिपय योजना गाउँमै नभेटिएको उनको भनाई छ । जिल्ला भूसंरक्षण कार्यालयले समेत उक्त नर्सरीमा सांसद लम्सालको कुनै लगानी नरहेको बताएको छ ।  

त्यसैगरी निर्वाचन क्षेत्र १ का सांसद जोशीले विभिन्न युवा क्लब र खेलकुद पूर्वाधार शीर्षकमा विनियोजन गरेको सात लाखमध्येको अधिकांश योजना झुटो भएका अनुगमन टोलीले बताएको छ ।  गाउँमा ‘सुनाखरी युवा क्लवलाई खेलकुद सामाग्री खरीद भनेर फर्जी बिल बनाई १ लाख रुपैयाँ लिएको पाईएको छ तर सो नामको गाउँमा क्लव नै नभेटिएको अनुगमन टोलीमध्येका एक सदस्यले जानकारी दिए । क्लव नै नभेटिएपछि जिविसले एक लाख रुपैयाँ रकम भुक्तानी गर्न रोकेको छ । 

केही योजनाहरु यस्ता छन् जसको कुनै स्रोत नखुलेपछि रकम निकासा नभई जिविसको बजेट फ्रिज भएको लेखा शाखाले जानकारी दिएको छ । क्लवको नाम पारेर पार्टीका कार्यकर्तालाई सरकारी रकम पोस्ने काम सभासदहरुले गरेको पाईएको छ ।

पूर्वाधार विकासका योजना कम्तीमा सात लाखका हुनुपर्ने प्रावधान भए पनि सांसदहरूले ४० हजारसम्मका योजना बाँडेको पाइएको छ । बजेटलाई खट्टे बाँड्दा झै बाडिएको भनी सभासदहरुको कार्यलाई कार्यकर्ताहरुले नै आलोचना गरेका छन् । 

सभासदका स्वकीय सचिवहरुले सभासदको बचाउ गर्दै केही कमजोरी भएको भएपनि फर्जी नै भने नभएको दावी गरेका छन् । स्थानीय विकास अधिकारी युवराज पौडेलले खुलेर फर्जी काण्डबारे नबोले पनि सो बारे गुनासो आएको स्वीकार गरे । सभासदले फर्जी विल बनाएर रकम लिएको बारे अध्ययन र अनुसन्धान गर्नुपर्ने भएको ए्रलडिओ पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली