साउन १०, डोटी | आर्थिक बर्ष सकिएको अबस्थामा पनि कारोबार भैरहेको सूचना आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलगढीमा छापा मारेको छ । खप्तड क्षेत्र पर्यटन बिकास समितिको सिलगढी स्थित कार्यालयमा अख्तियार दुरुपयोग "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १०, डोटी | आर्थिक बर्ष सकिएको अबस्थामा पनि कारोबार भैरहेको सूचना आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलगढीमा छापा मारेको छ । खप्तड क्षेत्र पर्यटन बिकास समितिको सिलगढी स्थित कार्यालयमा अख्तियार दुरुपयोग "/>
२०८३, १७ जेष्ठ आईतवार
डोटी - DT

साउनमा कारोबार हुँदा अख्तियारले हाने छापा

२०७३, १० श्रावण सोमबार १०:२०

साउन १०, डोटी | आर्थिक बर्ष सकिएको अबस्थामा पनि कारोबार भैरहेको सूचना आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलगढीमा छापा मारेको छ । खप्तड क्षेत्र पर्यटन बिकास समितिको सिलगढी स्थित कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको हो । सो क्रममा भूक्तानीका लागि तयार पारिरहेको अबस्थामा केही चेकबुकहरु पनि कब्जामा लिईएको  जनाएको छ । तर यो कुरालाई अख्तियारको कार्यालयले भने पुष्टि गरेको छैन् । आर्थिक बर्ष सकिदा पनि भूक्तानीको काम भैरहेको सूचना आएका आधारमा सामान्य चेकजाँचका लागि आफुहरु गएको प्रमूख राजन नेपालले बताए ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शंकास्पद कागजातहरु समेत नियन्त्रणमा लिएको प्रमुख नेपालले बताए ।

खप्तड क्षेत्र पर्यटन बिकास समितिका बोर्ड सदस्य तथा योजना अनुगमन समितिका संयोजक घनश्याम जोशीले भूक्तानीका लागि तयार पारिएका चेँकबुकहरु पनि अख्तियारले नियन्त्रणमा लिएको कुरा स्वीकार गरेका छन्  । सम्पन्न तथा अधुरा योजनाहरुका फाईल तथा केही चेँकबुकहरु लगेको संयोजक जोशिले बताए । असार ३० गतेसम्म भूक्तानीको काम भैरहेको त थियो नै पछि भैरहेको कुरा भने आफुलार्ई थाहा नभएको बताए । कार्यकारी अधिकृत र लेखाको साथीले गरेको भए मलाई थाहा भएन् । आफुले अनुगमनका क्रममा ८÷१० वटा योजना सम्पन्न भएको बाकी अधुरै रहेको र केहीको काम शुरु नै नभएको पाईएको संयोजक जोशीले बताए । अनुगमनका क्रममा खप्तडमै पुगेर हेरेको र दुई÷तिन वटा योजनामा केही अड्चन र मौसमी समस्या कारण काम नै शुरु नभएको केही अधुरा नै छन् जोशिले बताए ।

खप्तड क्षेत्र बिकास समितिले आर्थिक बर्ष २०७२÷०७३ मा २४ वटा योजनाहरुमा बजेट आएको थियो । जसमा कुल बजेट एक करोड ८० लाख भन्दा बढी रहेको स्रोतले जनाएको छ । योजनाहरुको बजेट ५ लाख देखी २५ लाख सम्म रहेको छ । ती सबै योजनाका उपभोक्ता समितिले प्रारम्भीक पेश्की रकम लिइसकेका छन् । अधिकांश योजनाले दोस्रो पेश्की रकम पनि लिईसकेको स्रोतले जनाएको छ । आर्थिक बर्ष सकिसक्दा कार्यकारी अधिकृत यसमराज कुँबरले कामै शुरु नभएका र अधुरा योजनाहरुलाई पनि योजनाको भुक्तानी दिन खोजेको आरोप स्रोतको छ । ‘कार्यकारी अधिकृतले मिलोमतोमा कागजपत्र मिलाएर कामै नभएका योजनाहरुलाई पनि भूक्तानी दिने प्रयास गरेकाले  समयमै काम सम्पन्न भएका योजनाको भूक्तानी असारमै भैसक्नु पर्ने काम साउनमा भएको सो्रतले बताएको छ । खप्तड क्षेत्रको पर्यटन बिकासका लागि गठन भएको खप्तड क्षेत्र पर्यटन बिकास समितिका क्रियाकलाप पटक–पटक बिबादित हुदै आएका छन् ।

पछिल्ला दुईबर्षमा पनि कामै नभएका योजनाको भुक्तानी दिईएको, कागजी योजनाका आधारमा रकम फछ्र्यौट गरेको, कार्यकारी निर्देशक कुँबरले मनोमानी गरेको आरोपहरु लाग्दै आएका छन् । खप्तडकै बिषयमा ६÷७ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दिपायल स्थित कार्यालयमा परेको कार्यालयले जनाएको छ । ती बिषयमा पनि अनुसन्धाको काम चलिरहेको कार्यालयका प्रमूख नेपालले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी