साउन १४, डडेल्धुरा | सनीबार सुदूरपश्चितमा सार्बजनी यातायात  बन्द गरीने भएको छ । काठमाडौंमा दर्ता भई कैलालीको धनगढीदेख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, डडेल्धुरा | सनीबार सुदूरपश्चितमा सार्बजनी यातायात  बन्द गरीने भएको छ । काठमाडौंमा दर्ता भई कैलालीको धनगढीदेख"/>
2026-09-19 01:53 AM
डडेलधुरा - DDL

भोली देखि सुदुरपश्चिमभर चक्काजाम

साउन १४, डडेल्धुरा | सनीबार सुदूरपश्चितमा सार्बजनी यातायात  बन्द गरीने भएको छ । काठमाडौंमा दर्ता भई कैलालीको धनगढीदेखि सञ्चालनको तयारी गरिरहेको बडिमालिका यातायात प्रा.लि. र सुदूरपश्चित यातायात व्यवसायी संघ कैलालीबीच गाडी चलाउने विषयमा विवाद भएपछि उत्पन्न परिस्थितिलाई नियन्त्रण लिन प्रहरीले लाठी चार्ज गरेको छ । लाठी चार्जबाट करिब आधा दर्जन गाडी मजदुर घाइते भएका छन । 

उनीहरूको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार धनगढीबाट काठमाडौँका लागि छुटेको बडिमालिका यातायातलाई सुदूरपश्मि यातायातका सदस्य र मजदुरहरूले संघको कार्यालय अगाडि चटकपुरमा अवरोध सिर्जना गरेका थिए । अवरोध हटाउन पुगेको प्रहरीमाथि ढुंगामुढा भएपछि प्रहरीले लाठी चार्ज गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताएका छन । उनले सुदूरपश्चिम यातायात व्यवसायीका पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिएको बताएका छन । विगत लामो समयदेखि यातायात व्यवसायीहरूबीच रहँदै आएको विवादले झडपको रुप लिएको हो । काठमाडौंमा बडिमालिका यातायात प्रा.लि.को नामले दर्ता भएको सो बस धनगढीदेखि चल्न पाउनुपर्ने माग राख्दै बडिमालिकाले सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएको बताएको छ । उता सुदूरपश्चिम यातायात व्यवसायी संघले प्रालीमा दर्ता भएको बडिमालिकाको रुट इजाजत पत्र प्रा.लि.मा दर्ता हुनुअगावैको रहेको र प्रा.लि.को नाममा बस हुनुपर्ने प्रावधान रहे पनि त्यसो नपाइएकोले अवरोध गरेको सुदूरपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष टेकराज जोशीले जानकारी दिएका छन । 

उनले पुराना गाडीलाई पेन्टिङ गरेर नयाँजस्तो देखाएर चलाउन खोजेको आरोप लगाउँदै पुराना र थोत्रा गाडी लामो रुटमा चल्दा जोखिम बढी हुने भन्दै बडिमालिकाले यात्रुुलाई समेत ठगिरहेको आरोप लगाए । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले दुबै समितिका पदाधिकारीहरुसँग छलफल चलाइए पनि कुनै निष्कर्ष ननिस्किएको बताएका छन । गाडी सञ्चालनको विषयमा भएको विवाद र प्रहरीले दमन गरेको भन्दै सुदूरपश्चि यातायात व्यवसायी संघ र कर्णाली यातायात व्यवसायी समितिले शनिबारदेखि अनिश्चिकालीत यातायात बन्दको घोषणा गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई