महेन्द्र केसी | साउन १४, पर्वत | नयाँ सरकार गठनको प्रक्रिया सुरु भएसंगै संसदको सबैभन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी | साउन १४, पर्वत | नयाँ सरकार गठनको प्रक्रिया सुरु भएसंगै संसदको सबैभन्"/>
२०८३, १७ जेष्ठ आईतवार
पर्बत - PBT

गुट परिर्वतनको उपहार जोशीलाई, पहिलो पटक अर्जुन मन्त्री बन्ने सम्भावना

२०७३, १४ श्रावण शुक्रबार ०९:०१

महेन्द्र केसी | साउन १४, पर्वत | नयाँ सरकार गठनको प्रक्रिया सुरु भएसंगै संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र मन्त्री चयनको विषयले महत्व पाउन थालेको छ । 

विगतमा सधै एउटै अनुहारलाई अवसर दिने गरेको आरोप खेप्दै आएको कांग्रेसभित्र यसपटक नयाँलाई प्राथमिकता दिन दवाव छ । संसदीय गतिविधिमा प्रभावकारी भूमिका निर्वाह गरेका र पार्टी संगठनमा पनि आफ्नो पहिचान स्थापित गरेकाहरुमध्ये केहीले भावी सरकारमा मन्त्री बन्ने सौभाग्य पाउने निश्चित छ । कांग्रेसले लिने भनेका १३ मध्ये ६ मन्त्रालयमा पुरानै अनुहार दोहोरिने देखिएपनि बाँकीमा नयाँ अनुहार पठाउने तयारी तीव्र छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँलाई प्राथमिकता दिन सहमत भएका छन् ।

क्षेत्र नं १ पर्वतबाट ४ पटक सम्म संविधानसभाको चुनावमा विजय भएका अर्जुनप्रसाद जोशी पनि माओवादी नेतृत्वको सरकारमा पहिलो पटक मन्त्री बन्ने बुझिएको छ । १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा क्याम्प चेन्ज गरेर देउवा समूहमा लागेकै कारण केन्द्रीय सदस्यमा पराजित भएका थिए अर्जुन जोशी । पर्वतबाट पटक पटक सांसदमा निर्वा्चित भएका जोशी यसपटक भने मन्त्री बन्दैछन् । सभापति देउवाले नै उनलाई केन्द्रीय सदस्य र मन्त्रीमध्ये एक रोज्न भनेको बताइन्छ । महाधिवेशनमा पराजित भएपछि केन्द्रीय सदस्य मनोनीत हुनुभन्दा मन्त्री भएर काम गर्ने ईच्छा जोशीले देखाएका छन् । जसका कारण पनि अब भन्ने काँग्रेस माओवादी गठबन्धनको सरकारमा उनको पनि सहभागिता हुने देखिएको छ । १३ औं महाधिवेशनमा मन्त्री बन्नकै लागि क्याम्प चेन्ज गरेको जोशीले आफ्नो इच्छा भने अब पुरा गर्ने देखिन्छ । जोशी मन्त्री भनेमा उनको इच्छा  र १३ औं महाधिवेशनमा देखाएको गुट परिर्वतनको अर्थसमेत पुष्टि हुनेछ । 

उनीसँगै नविन्द्रराज जोशी, धनराज गुरुङ, गगन थापा, महेन्द्र यादब, किरण यादव, जिवनबहादुर शाही, डिना उपाध्यया रहेका छन् । त्यसैगरी  दिपक गिरि, बद्री पाण्डे, जीवन परियार, मीन विश्वकर्मा,चन्द्र भण्डारी,भीष्मराज आङदाम्बे, भीमसेनदास प्रधान, रामहरी खतिवडा, अमृत अर्याल, राजन केसी, रामकृष्ण घिमिरे,सुरेन्द्रराज आचार्य,उषा गुरुङ लगायत पहिलो पटक मन्त्री वा राज्यमन्त्री बन्ने सम्भावना बढी देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी