2026-09-12 07:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

कात्तिक १३, डोटी | सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिनुभएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईलाई जिल्लामा निर्माणको काम लिने तर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कामनै नगरी योजना अलपत्र पार्ने ठेकेदारको लिष्ट तयार गरी कारवाहीका लागि सिफारिस गर्न निर्देशन दिनुभएको हो ।

निमार्ण सम्झौता भएको लामो समय भएका तर कामको शुरुआत नगरेका जिल्लाका सबै योजना र ठेकेदारको नामसहित तथ्याङ्क सङ्कलन गरी कारवाहीका लागि सिफारिस पठाउन आफूलाई मुख्यमन्त्री भट्टले निर्देशन दिनुभएको प्रमुख जिल्ला अधिकारी भट्टराइले बताउनुभयो । उहाँले भन्नुभयो, “तोकिएको समयमा काम नसक्ने तथा सम्झौता भएर पनि काम नगर्ने ठेकेदारको लिष्ट तयार गरी कारवाहीका लागि पठाउन निर्देशन भएको छ, सोहीबमोजिम प्रक्रिया अगाडि बढाउँदै छौँ ।” जिल्लामा अधिकांश योजना निमार्ण व्यवसायीको लापरवाहीका कारण ढिलासुस्ती भइरहेको यहाँका नागरिकहरुले मुख्यमन्त्रीसमक्ष गुनासो गरेपछि त्यस्ता कम्पनीलाई आवश्यक निर्देशनसहित कारवाहीका लागि प्रमुख जिल्ला अधिकारीलाई मुख्यमन्त्रीले निर्देशन दिनुभएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो ।

दिपायल पुलदेखि एयरर्पोटसम्म जाने सडक पिच गर्नका लागि ठेक्का भएको लामो समय भएको भए पनि काम नगरेको प्रति चाँसो राख्दै मुख्यमन्त्री भट्टले तत्काल उक्त कार्य सुचारु गराउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुहुँदै काम अगाडि नबढाए कारवाहीका लागि सिफारिस गर्न आग्रह गर्नुभएको थियो । मुख्यमन्त्री भट्टको निर्देशनपछि अहिले जिल्ला प्रशासन कार्यालयले जिल्लामा काम सम्पन्न नभएका तथा सम्झौता भएको लामो समयसम्म पनि काम सुचारु नगरेका ठेक्का तथा ठेक्का सम्झौता गर्ने निर्माण कम्पिनीको तत्थ्याङ्क सङ्कलन कार्य अगाडि बढाइएको छ । ठेकेदारको लापरवाहीका कारण जिल्लामा एक दर्जन बढी योजना अल्पत्रमा परेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन