साउन १६, विराटनगर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गठन हुने नयाँ सरकारमा आफ्नो दल सहभागी नहुने बताउनुभएको छ । 

पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले नयाँ सरकारलाई बाहिरबाट समर्थन गरिने स्पष्ट पार्नुभयो । “जबसम्म संविध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, विराटनगर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गठन हुने नयाँ सरकारमा आफ्नो दल सहभागी नहुने बताउनुभएको छ । 

पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले नयाँ सरकारलाई बाहिरबाट समर्थन गरिने स्पष्ट पार्नुभयो । “जबसम्म संविध"/>

2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नयाँ गठन हुने सरकारलाई बाहिरी समर्थन’

साउन १६, विराटनगर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गठन हुने नयाँ सरकारमा आफ्नो दल सहभागी नहुने बताउनुभएको छ । 

पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले नयाँ सरकारलाई बाहिरबाट समर्थन गरिने स्पष्ट पार्नुभयो । “जबसम्म संविधान संशोधन र प्रदेशको पुनःसंरचना हुँदैन, तबसम्म स्थानीय निकायको निर्वाचन मोर्चालाई मान्य हुँदैन” –अर्को प्रसङ्गमा उहाँले भन्नुभयो । 

उहाँले सीमाङ्कन आयोगले तराईमा रहेका ५१ प्रतिशत जनताका लागि १८८ एकाइ र ४९ प्रतिशत पहाडका लागि २७७ एकाइ बनाउन खोज्नु भनेको तराईप्रतिको विभेद भएको विचार व्यक्त गर्नुभयो । 

उहाँले विराटनगर– रङ्गेली सडक मार्गबीच भागमा नदीले सडक कटान गर्दा यातायात सेवा अवरुद्ध रहेकाले अविलम्ब सो ठाउँमा बेलीब्रिज जडान गर्न सरकारसँग माग गर्नुभयो । 

सप्तरी, तिलाठीको घटनाका सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले नेपाल र भारतबीच कूटनीतिक रुपमा समस्या समाधान गर्नुपर्ने सुझाव दिँदै जनता जनताबीच लडाउने काम बन्द गर्नुपर्नेमा जोड दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई