2026-09-13 07:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धी खोसिनुहुँदैन : पूर्वमन्त्री पुन

माघ २४, दमौली | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री वर्षमान पुनले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धी खोसिन नहुने बताउनुभएको छ । नेपाला कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज दमौलीमा आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री पुनले लोकतन्त्र र संविधानको रक्षा गर्नु अहिलेको मुख्य चुनौति भएको बताउनुभयो । 

पाँच वर्षका लागि जनादेश प्राप्त पार्टी सडकमा आउला भनेर कसैले नसोचेको चर्चा गर्दै पूर्वमन्त्री पुनले राजनीति विचार र सिद्धान्तका आधारमा सञ्चालन गर्नुपर्ने टिप्पणी गर्नुभयो । पार्टीले पाँच वर्षका लागि प्राप्त गरेको मतको अपमान भएको बताउँदै पूर्वमन्त्री पुनले फरक मतलाई समेत सम्मान गरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएकामा जोड दिनुभयो । 

माथिको तश्वीरमा: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले शनिबार दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन । तस्वीरः कृष्ण न्यौपाने, दमौली

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य रामकुमारी झाक्रीले पार्टीका कार्यकर्ता सदैव सत्यको पक्षमा उभिनुपर्ने बताउनुभयो । केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले कम्युनिष्ट पार्टी अझै पनि एकढिक्का भएर अगाडि बढ्नुपर्ने र त्यसको विकल्प भनेको संसद् पुनःस्थापना भएको उल्लेख गर्नुभयो । केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले संसद् पुनःस्थापनाको विरोधमा सबै दलबीच संयुक्त आन्दोलनको खाँचो रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन