२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

नेपाली कांग्रेस ज्वालामुखी ५ खरी-काठमाडौं सम्पर्क समिती गठन

२०७७, २४ माघ शनिबार १५:१८

माघ २४, काठमाडौँ | नेपाली कांग्रेस ज्वालामुखी ५ खरी-काठमाडौं सम्पर्क समिती गठन भएको छ । सनिबार काठमाडौँ ढुंगेधारा स्थित माउन्ट धौलागिरी पार्टी भेन्युमा आयोजना भएको सम्पर्क समितीको दोश्रो भेलाले उमेश अधिकारीको नेतृत्वमा १२ सदस्यीय समिति गठन भएको हो । 

अध्यक्ष पदमा निर्वाचित अधिकारी यसअघिको कार्यसमितिका सचिव हुन् । समितिको उपाध्यक्षमा दिनेश काप्री, सचिवमा विनोद गुरुङ, सहसचिवमा मिनबहादुर खड्का र कोषाध्यक्षमा शंकर काप्री चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा रामप्रसाद काप्री, रेशम आले मगर, उत्तम अधिकारी, सुरज अधिकारी, राजन थापा, प्रविन राना मगर र सुदिप काप्री रहेका छन् ।


खरी साविक धादिङ जिल्लाको एक गाविस हो । हाल ज्वालामुखी गाउँपालिका वार्ड नम्वर ५ अन्तर्गत पर्ने खरी पालिकाकै सबैभन्दा ठूलो वडा पनि हो । खरीबाट काठमाडौं आएर बसोबास तथा पेशा व्यवसाय गर्नेहरुलाई लक्षित गरि २०७४ सालमा नेपाली कांग्रेस ज्वालामुखी खरी-काठमाडौँ सम्पर्क समिति गठन गरिएको र दोश्रो भेला सम्पन्न भएको कार्यक्रमका सभापति शिवराम भण्डारीले बताए । 

कार्यक्रममा नेपाली कांग्रेस धादिङ जिल्लाका सभापति रमेश धमलाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला सभापति धमलाले कांग्रेसलाई थप बलियो र व्यवस्थित बनाउन तीन तहमा पार्टी समिति गठन गर्न आवश्यक रहेको औंल्याए । उनले फागुन ३ गते देशभर कांग्रेसले आमसभाको कार्यक्रम गर्ने जानकारी दिदै गाउँ-गाउँबाट उपस्थितिको लागि समेत अपिल गरे । उनले वर्तमान राजनीतिक अवस्थालाई इंगित गर्दै नेपाली कांग्रेस प्रतिनिधि सभा बिघटनको बिरोधमा रहेको र वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने दावी गरे । खरी-काठमाडौँ सम्पर्क समितिको पहिलो कार्यसमितिले गरेको कार्यसम्पादनको प्रसंशा गर्दै नेता धमलाले नयाँ कार्यसमितिलाई अझै राम्रो कामको लागि शुभकामना व्यक्त गरे ।

कार्यक्रममा खरीका अधिकांश स्थानीय कांग्रेस नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीय नेताहरुले नयाँ कार्यसमितिलाई शुभकामना दिंदै आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा खरीका बिभिन्न व्यक्तिहरुलाई जिल्ला सभापति धमलाले खादा लगाएर सम्मान समेत गरेका थिए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली