२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव समूहसँग छिट्टै वार्ता हुन्छ : प्रधानमन्त्री ओली

२०७७, १६ फाल्गुन आईतवार ११:३८

फागुन १६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने बताउनुभएको छ । कमल गाउँपालिका वडा नं ७ मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै उहाँले  चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने दृढता व्यक्त गर्नुभयो । 

उहाँले आजै पाँच पुलको उद्घाटन र ३१ पुलको शिलान्यास हुनाले विकासले तीव्र गति लिएको सबैको सामु छर्लङ्ग भएको बताउनुभयो । हाल मासिक रु तीन हजार रहेको ज्येष्ठ नागरिकको भत्ता अरु बढाइने उहाँले घोषणा गर्नुभयो । 

नेपाललाई गरीब मुलुकबाट स्तरोन्नति गरेर विकासशील देशमा सिफारिश गरिएको उल्ल्ेख गर्दै प्रधानमन्त्री ओलीले देशलाई आत्मनिर्भर बनाउने अभियान आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।

उहाँले प्रतिनिधिसभा पुनःस्थापनाको स्वागत गर्दै अविश्वास प्रस्ताव पारित गरेर देखाउन चुनौती दिनुभयो । आफू अदालतले फैसला गरिदिएर प्रधानमन्त्री बन्ने बाटामा नभएको जनाउँदै प्रधानमन्त्रीले जनताको आशीर्वाद लिएर आगामी चुनावमा दुई तिहाइको सरकार बनाएरै छाड्ने बताउनुभयो । औद्योगिक पार्क निर्माणमा सहकार्य गरेकामा चिनियाँ सरकार र जनतालाई प्रधानमन्त्री ओलीले धन्यवाद दिनुभयो ।

समारोहमा  भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले एक दिनमा देशभरि पाँच पुल बनेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “अब देशमा पुलपुलेसाको समस्या कतैपनि भोग्नुपर्ने अवस्था आउने छैन ।”  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले यो साता देशभरि औद्योगिक पार्क स्थापना गरी देशलाई औद्योगिक युगतर्फ प्रवेश गराएको विचार राख्नुभयो । 

उहाँले नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल दुई दुई पटक प्रधानमन्त्री हँुदा विकास र राष्ट्रियताको विषय कमजोर भएको तर वर्तमान नेकपा अध्यक्ष ओली नेतृत्वको सरकार लोकप्रिय भएकाले त्यसविरुद्ध लाग्नु देश र पार्टीको हितकर नभएको बताउनुभयो । उहाँले पार्टी छाडेर जाने समूहलाई आत्मालोचित भएर घर फर्किन आए एकता अझै सम्भव भएको स्पष्ट पार्नुभयो ।  

कमल– ७, गौरादह– ५ र दमक –१० को सङ्गमस्थलमा २१ सय बिघा जग्गामा औद्योगिक पार्क निर्माण हुन लागेको हो जसमा चीन सरकारको रु ६५ अर्ब लगानी हुने भएको छ । पार्कमा पहिलो चरणमा २६ विदेशी कारखाना स्थापना हुने र त्यसबाट उत्पादित वस्तु विदेशमा निर्यात हुने पार्कका अध्यक्ष गोविन्द थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !