फागुन १८, काठमाडौँ । प्रतिबन्धित नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा समूहसँग वार्ता गर्न सरकारले वार्ता टोलि गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई रहेको वार्ता टोली गठन गरिएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले वार्ता टोली गठन गरेको जानकारी दिए । विप्लव समूहले यसअघि नै विज्ञप्ति निकालेर सरकारसँग वार्ता गर्न तयार रहेको जनाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने बताउंदै आएका थिए ।
हिंसात्मक कार्यहरु बढाउंदै गएको भन्दै सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो ।