१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सरकार र चन्द समूहबीचको वार्ताले कालीकोटवासी उत्साहित

२१ फाल्गुन २०७७, शुक्रबार ०८:१९

फागुन २१, कालिकोट । सरकार र नेत्रविक्रम चन्द समूहबीच तीनबुँदे सहमति भएपछि कालीकोटवासी उत्साहित भएका छन् । विगतमा माओवादीले सञ्चालन गरेको जनयुद्धका कारण प्रभावित भएको कालीकोट सरकार र नेत्रविक्रम चन्द समूहबीच भएको तीनबुँदे सहमतिका कारणले उत्साहित भएका हुन् ।

 माओवादीले सञ्चालन गरेको १० वर्षे द्वन्द्वका क्रममा ६०० भन्दा बढीले ज्यान गुमाएको कालीकोटले चन्द समूहले हिंसात्मक गतिविधि सञ्चालन गर्न थालेपछि कालीकोटवासी त्रसित बनेका थिए । चन्द समूहका प्रवक्ता तथा वार्ता टोलीका संयोजक खड्कबहादुर विश्वकर्माको गृहजिल्ला र चन्द समूहको प्रभाव क्षेत्र भएको कालीकोटमा कतै पुनःद्वन्द्व हुने हो कि भन्ने चिन्तामा कालीकोटवासी रहेका थिए । 

चन्द समूह र सरकारबीच भएको सहमतिले देशमा शान्ति र स्थायित्व हुने, देश विकासमा लाग्न सबैलाई बाटो खुला भएको कालीकोट रास्कोट नगरपालिका–१ स्थानीय रामबहादुर शाहीले बताउनुभयो । “देशमा फेरि द्वन्द्व हुन्छ कि भन्ने लागेको थियो”, उहाँले भन्नुभयो, “सरकार र चन्द समूहबीच भएको सहमतिले फेरि शान्तिको सास फेर्ने आश पलाएको छ ।” चन्द समूहको प्रभावित जिल्ला भएका कारणले कालीकोटमा स्थानीय जनप्रतिनिधि, शिक्षक, कर्मचारीलगायत अन्य गैरसरकारी संस्थाका प्रतिनिधि गाउँमा जान पनि त्रसित हुने गरेका थिए । चन्द समूहका कार्यकर्ताले गाउँपालिकामा आगजानीलगायत कार्य गरेको कारणले स्थानीयवासी त्रसित बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालीकोटका ओली समूहका अध्यक्ष नगेन्द्र शाहीले बताउनुभयो । “कालीकोटका स्थानीयवासीमा ठूलो डरत्रास थियो”, उहाँले भन्नुभयो, “अब त्यसको अन्त्य भएको छ । नागरिकमा उत्साह थपिदिएको छ ।” 

कालीकोटमा विसं २०६४ को स्थानीय तहको निर्वाचनमा जिल्लाको नरहरिनाथ गाउँपालिका–६ माल्कोटमा चन्द समूहले निर्वाचन बिथोल्न खोज्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्षका उम्मेदवार गोर्ख बटालाले ज्यान गुमाएका थिए । सरकार र चन्द समूहबीच भएको तीनबुँदे सहमति स्वागतयोग्य भएको बताउँदै चन्द समूहका जिल्ला सचिव मनिलाल ऐडीले अब खुला राजनीतिमा आउँदा सङ्गठन विस्तामा झन बढी उत्साहसाथ लाग्न प्रेरणा दिएको छ भन्नुभयो । “खुला राजनीतिमा आउन पाउँदा हर्षित तुल्याएको छ”, उहाँले भन्नुभयो, “सरकार र हामीबीच भएको तीनबुँदे सहमति ऐतिहासिक हो ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल