फागुन २३, काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्प कमल दाहाल 'प्रचण्ड' नेतृत्वमा रहेको नेपाल कम्य्युनिष्ट पार्टी (नेकपा) नाम राख्ने निर्वाचन आयोगको निर्णय बदर गरेर ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ ।
आइतबार न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टलको नेपाल कम्युनिस्ट पार्टीलाई मान्यता दिएको हो । नेकपा आधिकारिकता विवादको टुंगो लगाएसंगै प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको बैधानिकता सकिएको छ ।
ओली-प्रचण्डको नेकपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बिरुद्ध कट्टेल नेतृत्वको नेकपाले सर्वोच्चमा रिट दाएर गरेको थियो ।