२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नीति निर्माण तहमा महिला सहभागिता बढाउनुपर्छ : नेतृ कोइराला

२०७७, २४ फाल्गुन सोमबार ०७:३३

फागुन २४, पोर्चुगल । नेपाली काँग्रेसका नेतृ सुजाता कोइरालाले नीति निर्माण तहमा महिला सहभागिता बढ्न नसकेकामा चिन्ता व्यक्त गर्नुभएको छ ।  नेपाली नारी समाज पोर्चुगलले १११औँ अन्तरराष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा आज यहाँ आयोजित भर्चुअल ‘महिलाको सुरक्षा र चुनौती’ छलफलमा उहाँले महिला अधिकार सम्बन्धी नेपालको संविधानको प्रावधान कार्यान्वयन माग गर्नुभयो । उहाँले आर्थिक, सामाजिक तथा राजनीतिक लगायत नीति निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यकतामा जोड दिनुभयो । 

नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले  घरेलु हिंसा तथा बलात्कारका घटना न्यूनिकरणका तथा महिला अधिकारका लागि राज्य संवेदनशील बन्नुपर्छ भन्नुभयो ।  कार्यक्रममा नेपाली कांग्रेस महिला विभागकी केन्द्रीय सचिव लक्ष्मी खतिवडा, अधिवक्ता विष्णु बस्याल र लैङ्गिक विशेषज्ञ डा ज्योति तुलाधर, गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरे, जनसम्पर्क समिति बेल्जियम अध्यक्ष सीता सापकोटा, अन्तरराष्ट्रिय साहित्य समाज पोर्चुगलका अध्यक्ष विनोद धिमाल जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष विनोद घिमिरे, नेपाली नारी समाज पोर्चुगलका संस्थापक अध्यक्ष सीता बरालले महिला दिवसमा महिला हकअधिकारमा गोष्ठी मात्रै नभही नामको मात्रै नभई साच्चिकै महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा विचार राख्नुभएको थियो । समाजका कार्यवाहक अध्यक्ष मिना माया खरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सीता श्रेष्ठले गर्नुभएको थियो ।

यसैगरी एक सय एघारौँ अन्तरराष्ट्रिय श्रमिक नारी दिवसका अवसरमा नेपाली महिला समाज पोर्चुगलले महिलाका लागि ‘कानूनी परामर्श’ विषयक एकदिने प्रशिक्षण तथा अन्तक्र्रिया आयोजना ग¥यो ।  कार्यक्रममा वरिष्ठ कानूनविद् राजेन्द्र शर्मा र महिला अधिवक्ता शारदा पौडेल वर्तमान समयमा नेपाली महिलाले भोग्नुपरेको समस्या र कानूनी प्रावधानको अवस्थाबारेमा जानकारी दिनुभयो । 

 गैरआवासीय नेपाली सङ्घ बेलायतका अध्यक्ष पुनम गुरुङले नेपाली महिला राज्यले दिएका आरक्षणको मुख ताक्ने होइन आफ्नो ठाउँबाट आफ्नो सक्षमता प्रदर्शन गर्दै हरेक क्षेत्रमा आफ्नो सहभागिता जनाउनुपर्ने बताउनुभयो । 

समाजका अध्यक्ष निर्मला खराल ढकालको अध्यक्षतामा भएको कार्यक्रम एनआरएनए अध्यक्ष तिलक गैरे, एनआरएन आइसिसी सदस्य रामशरण सिमखडा, प्रवासी नेपाली एकता मञ्च पोर्चुगलका अध्यक्ष मदन लिम्बू पत्रकार महासङ पोर्चुगल सहसंयोजक राजकुमार थापा, जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष हेम गुरुङ नेपाली समाज पोर्चुगलका अध्यक्ष सोम फुरी शेर्पा सेर्पा केदुङ पोर्चुगलका अध्यक्ष निल्हुम सेर्पा, किराँत चुम्लुङ याक्थुङ पोर्चुगलका अध्यक्ष दिपा लिम्बू र जनप्रगतिशील मोर्चा टङ्क खड्का कार्यक्रममा सफलता शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !