१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन समाजका सबै पक्षलाई आग्रह

२४ फाल्गुन २०७७, सोमबार ११:१७

फागुन २४, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैङ्गिक समानतायुक्त समाज निर्माणका लागि विशेष पहलका साथ अग्रसर रहन समाजका सबै पक्षको ध्यानाकषर्ण गराउनुभएको छ ।

१११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज यहाँ आयोजित समारोहको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक समानताबिना सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य हुन नसक्ने र त्यसका लागि संविधानले मार्गदर्शन गरेको न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

उहाँले भन्नुभयो, “महिला अधिकार स्थापित गर्न, महिला हिंसा न्यूनीकरण गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा विभिन्न प्रयास भएका छन्, हाम्रो देशमा संवैधानिक तथा कानूनी प्रावधान, नीति तथा कार्यक्रमसमेत निर्माण भएका छन, यी प्रावधानको प्रभावकारी कार्यान्वयन हुँदै जाँदा महिला समानता कायम गर्न तथा विभेदको अन्त्य गर्न महत्वपूर्ण योगदान पुग्ने नै छ ।” 

राष्ट्रपति भण्डारीले त्यसका लागि राज्यका कार्यान्वयन गर्ने निकाय सकारात्मकरुपमा थप क्रियाशील बनाउनुपर्ने आवश्यकता महसुस भएको बताउनुभयो । लैङ्गिक समानताका लागि हालसम्मका प्रयासले महिलाको राजनीतिक तथा प्रशासनिक प्रतिनिधित्व उल्लेखनीयरुपमा बढिरहेको र शिक्षा, स्वास्थ्य, सम्पत्तिमाथिको स्वामित्व तथा श्रम सहभागितामा सकारात्मक परिवर्तन भएको उहाँको भनाइ छ ।  

मुलुकले हासिल गरेका हालसम्मका उपलब्धिलाई रक्षा गर्दै लैङ्गिक उत्तरदायी हिसाबले शासन पद्धतिलाई स्थानीय तहदेखि नै संस्थागत गरी अगाडि बढेमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकिने कुरामा आफू विश्वास्त रहेको उहाँले बताउनुभयो । 

राष्ट्रपति भण्डारीले सरकारले लैङ्गिक विभेदको अवस्थालाई अन्त्य गर्ने उद्देश्यका साथ राष्ट्रिय लैङ्गिक समानता नीति–२०७७ सार्वजनिक गरेकामा खुशी व्यक्त गर्दै सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । सरकार र संसद्मा प्रतिनिधित्व गर्ने दल र समाजको माथिल्लो तप्का लैङ्गिकमैत्री भएपनि त्यससम्बन्धी अङ्गीकार गरिएका नीति कार्यान्वयन गर्नमा समस्या र अवरोध देखिएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । 

महिलालाई असमानताको दृष्टिबाट हेर्न नहुने बताउँदै उहाँले त्यसलाई परिर्वतन गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै समाजको चेतना नै परिवर्तन गर्ने गरी सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो । भएका ऐन÷कानूनको प्रभावकारी कार्यान्वयन नभएका कारण छोरा र छोरीमा हुने विभेद कायमै रहेको राष्ट्रपति भण्डारीको भनाइ  थियो । उहाँले भन्नुभयो, “परिवार र समाजमा छोरा र छोरी दुवै सन्तान समान हुन भन्ने दृष्टिकोणलाई आत्मसाथ गर्दै अघि बढेको अवस्थामा नै वास्तविक महिला समानता कायम हुने छ भन्ने लाग्दछ ।” महिला अधिकार तथा लैङ्गिक समानताका लागि पूर्णप्राप्तिका लागि हरेक वर्ष ८ मार्चलाई अन्तरराष्ट्रिय महिला दिवसका रुपमा मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ