२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसिड छ्याप्ने अपराधीलाई कारबाही गर्न सरकारले कानुन ल्यायो : मन्त्री अर्याल

२०७७, २४ फाल्गुन सोमबार ११:५८

फागुन २४, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले एसिड आक्रमण गरी बालिका, महिलाको जीवन बर्बाद गरिदिने अपराधीलाई कारबाही गर्न सरकारले कानुन निर्माण गरेको बताएकी छिन् ।


१११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सामुदायिक वन उपभोक्ता महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको ‘प्राकृतिक स्रोत व्यवस्थापनमा महिलाको योगदान’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् । 

विश्वका महिलाहरु धेरै अगाडी बढिरहँदा अहिलेपनि नेपालका महिलाहरु विशेषगरी किशोरीहरु असुरक्षित रहेको भन्दै उनले विभिन्न निहुँमा किशोरीमाथी एसिड प्रहार गर्ने र उनीहरुको जीवन कुरुप बनाइदिने अपराधीलाई कारबाही गर्न सरकारले कडा कानुनको व्यवस्था गरेको बताइन । 

‘एसिड छर्किएर हाम्रा किशोरी, महिलाहरुको जीवन बर्बाद पार्ने । जीवनभर कुरुप बनाइदिने घटनाहरु बढ्दै गए । हामीसँग एसीडसम्बन्धी कानुन रहेनछ, मन्त्री अर्यालले भनिन्, ‘त्यसकारण सरकारले क्षतीअनुसारको कडाभन्दा कडा सजाय हुनेगरी अपराधीलाई कारबाही गर्न कडा कानुनको व्यवस्था गरेको छ । सँगै पीडितको शिक्षा, स्वास्थ्यको सरकारले जिम्मा लिनेगरी कानुन निर्माण भएको छ।’

३ वर्षको बालिका देखी ७० वर्षका बृद्धसम्म बलात्कारको सिकार हुनेगरेको भन्दै उनले त्यस्ता बलात्कारीलाई कारबाही गर्नका निम्ती सरकारले कानुन निर्माण गरेको उल्लेख गरिन ।उनले भनिन्, ‘बालिकाहरु देखी ७० वर्षसम्मका हाम्रा आमाहरु असुरक्षित छन् । यस्ता कुराहरु सुन्न सकिने कुरा हो । त्यसैले सरकारले ती पिपाशुहरुलाई कारबाही गर्न जन्मकैदको व्यवस्थासहितको कानुन निर्माण गरेका छौ ।’

समान कामको समान ज्याला पाउनुपर्छ, महिलाले मताधिकार पाउनुपर्छ भन्ने अभियानबाट शुरु भएको महिला आन्दोलन आज नेपालमा महिला राष्ट्रपति बनाउन सक्ने अवस्थासम्म आएको भन्दै मन्त्री अर्यालले अझै थुर्पै उपलब्धीहरु हासिल गर्न बाँकी रहेको बताइन। 

राजनीति सँगै सबै निकायमा महिला सहभागिता बढाउने कुरामा केन्द्रित हुन आवश्यक रहेको भन्दै मन्त्री अर्यालले सांसद्, राष्ट्रपति हुँदै अब प्रधानमन्त्री महिला बनाउने खोजीमा रहेको बताइन । ‘महिला आन्दोलन  सहभागीताबाट शुरु भएको हो, तर हाम्रो गन्तव्य समानता नै हो । राष्ट्रपति बनायौं, अब पहिलो महिला प्रधानमन्त्री बनाउने खोजीमा हो हाम्रो आन्दोलन’, उनले भनिन्, ‘सांसदहरु समानुपातिकमा मात्र होइन प्रत्यक्ष निर्वाचित महिला÷पुरुष बराबरी संख्यामा पु¥याउने हाम्रो अभियान हो ।’ अब सबै क्षेत्रमा समानतामा जानका निम्ती अबको महिला आन्दो्लन केन्द्रित हुनुपर्ने उनको भनाई थियो । 

महिलाहरु हरेक क्षेत्रमा उत्कृष्ट बन्ने अभियान निरन्तर रुपमा चलेको बताउँदै मन्त्री अर्यालले राज्यका तर्फबाट महिलालाई अगाडी बढाउन तथा हिंसापीडित महिलालाई न्याय दिलाउनका निम्ती थुर्पै कामहरु भएको बताइन । 

अब महिलाहरुलाई आत्मनिर्भरताका निम्ती गरेर खान सिकाउने अभियान चलाउनुपर्ने भन्दै उहाँले गरेर खानका निम्ती न्यूनतम ब्याजमा ऋणको व्यवस्था गरिदिनुपर्ने बताइन । ‘जबसम्म महिलाहरु आफ्नो खल्ती बलियो पार्नसक्ने हुँदैन तबसम्म बलियो हुदैन । त्यसैले महिलाहरुलाई बलियो बनाउनका निम्ती उनीहरुलाई आर्थिक रुपमा सक्षम बनाउनुपर्छ’, मन्त्री अर्याललेभनिन् । 

महिला जागरणमा सामुदायिक वन महासंघको ठूलो भूमिका रहेको भन्दै उहाँले आफ्नो संगठन संरचनाभित्र ५० प्रतिशत महिला सहभागीता पु¥याएर अरुलाई पनि ठूलो पाठ सिकाउन सफल भएको बताइन । त्यस अवसरमा सामुदायिक वन संरक्षण तथा प्रकृति संरक्षण अभियानमा योगदान गर्ने महिलाहरुलाई सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ