फागुन २४, काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटि बैठकबाट केहि नेताहरु बाहिरिएका छन् । सोमबार पार्टी कार्यालय पेरिस डाँडामा ४ बजेका लागि बोलाइएको स्थायी कमिटि बैठक नसंकिदै नेताहरु बाहिरिन थालेका हुन् ।
योगेश भट्टराई, घनश्याम भुसाल, रघुजी पन्त, अष्टलक्ष्मी शाक्य, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल जारी स्थायी समिति बैठकबाट बाहिरिएका छन् । बैठक अहिले पनि सकिएको छैन । यसअघि आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता खारेज गर्दै पूर्व एमाले र माओवादी केन्द्र ब्युँताएको छ ।
सर्वोच्च अदालतलले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएसंगै पूर्व एमाले र माओवादी केन्द्र ब्युँतिएका हुन् । अदालतको उक्त फैसलापछि प्रचण्ड-नेपाल समूहले आगामी रणनीतिका बारेमा छलफल गर्न स्थायी समिति बैठक बोलाएको थियो ।