१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन आयोगले भन्यो, एमाले र माओवादी पुनः एकीकरण गर्ने भए १५ दिन भित्र निवेदन लिएर आउनु

२५ फाल्गुन २०७७, मंगलवार ११:०८

फागुन २५, काठमाडौँ  । निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र बिच पुनः एकताको लागि १५ दिने समय दिएको छ । आयोगको मंगलबार बसको बैठकले एकीकरण भएर बनेको नेकपा बदर भएर यसअघिको पार्टी नेकपा एमाले र माओवादी नै कायम रहेको जानकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी शर्मा ओलीलाई दिने निर्णय गरेको हो ।

निर्वाचन आयोगले दुई दल एकीकरण गर्ने भएमा केन्द्रिय समितिबाट एकिकरण गर्ने निर्णय गरी एकिकरण पछि बन्ने नयाँ दलको नाम र चुनाव चिन्ह समेत प्रस्ताव गरी १५ दिन भित्र निवेदन सहित आयोगमा उपस्थित हुन आग्रह गरेको छ ।

'दुई दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन २०७३ र राजनीतिक दल सम्बन्धि नियमावली २०७४ विपरित नहुने गरी दुवै दलले आ-आफ्नो केन्द्रिय समितिबाट एकिकरण गर्ने निर्णय गरी सो निर्णय सहित नयाँ दलको रुपमा एकीकरण गर्ने भएमा एकिकरण पछि बन्ने नयाँ दलको नाम र चुनाव चिन्ह समेत प्रस्ताव गरी १५ दिन भित्र निवेदन सहित आयोगमा उपस्थित हुनका लागि नेकपा एमाले र माओवादीलाई जानकारी गराउने' आयोगले गरेको निर्णयमा भनिएको छ ।

यस्तै आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग दलको रुपमा कायम रहेको जानकारी समेत गराउने निर्णय गरेको छ । बैठकले नेकपा एमाले र माओवादी केन्द्र कायमै रहेको सूचना संसद सचिवालय र सातवटै प्रदेशसभालाई दिने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ