१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रले काँग्रेस र जसपासँग छलफल गर्ने

२५ फाल्गुन २०७७, मंगलवार ११:२२

फागुन २५, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सरकार र संसद्लाई अगाडि बढाउन प्रमुख प्रतिपक्षी दलसहित संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलसँग छलफल गर्ने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको माओवादी स्थायी कमिटीको बैठकले सरकारसँगै संविधान कार्यान्वयनका सन्दर्भमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग परामर्श गर्ने निर्णय गरेको हो । 

बैठकले नेकपा (एमाले)सँग पनि वार्ताको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । “मुख्यतः प्रमुख प्रतिपक्षी र जनता समाजवादी पार्टीसँग संसद् सञ्चालन, सरकार र आगामी राजनीतिक प्रक्रियाका बारेमा छलफल गर्ने निर्णय भएको छ”, उनले भने । 

बैठकले बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न यही फागुन २९ गते केन्द्रीय कमिटीको बैठक र आगामी चैत १ गते कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने-नलिने सन्दर्भमा कुनै निष्कर्षमा नपुगिएको प्रवक्ता श्रेष्ठले बताए । 

ओली माओवादी केन्द्रका समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नामका बारेमा परेको रिट निवेदनको सुनुवाइ गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेकपा पूर्ववतावस्थामा ब्यूँतिएको फैसला गरेको थियो । 

सोही फैसलाका आधारमा आज माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बसेको हो । बैठकमा पूर्वमाओवादी स्थायी कमिटी सदस्य रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह र लेखराज भट्ट सहभागी भएनन्  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ