2026-07-10 05:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनक शिक्षा समाग्रीलाई मतपत्र छपाईको लागि तयार रहन शिक्षा मन्त्रीको निर्देशन

2021-03-09

फागुन २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मतपत्र छपाईको लागि मेशिन तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । जनक शिक्षा समाग्री संस्थान लिमिटेडको निरीक्षण भ्रमणको क्रममा मन्त्री श्रेष्ठले केन्द्रका अधिकारीलाई सो निर्देशन दिएका हुन् ।  

'अब निर्वाचन गर्ने समय आएको छ, तपाईहरु तयारी रहनुस' मन्त्री श्रेष्ठले भने,‘सरकारले निर्वाचन आयोगलाई निर्देशन दिन्छ । आयोगले जनकलाई निर्देशन दिएलगत्तै खुरुखुरु छपाई गर्न थाल्नुपर्छ । निर्वाचन आयोगमा रहेका मेशिनहरु पनि तत्काल ल्याउने व्यवस्था मिलाउन समेत उनले भने ।

यसअघि सरकारले बैशाख १७ र २७ गर्ने निर्वाचन तयारी गर्दा आयोगका प्रमुख निर्वाचन आयुक्त सहितको टोली केन्द्रमा पुगेर निर्देशन दिएको थियो । मन्त्री श्रेष्ठले नजिकिदै गएको शैक्षिकसत्रको लागि समयमै पाठ्यपुस्तक छपाई गरी सम्बन्धीत क्षेत्रमा पु¥याउन समेत निर्देशन दिएका छन् । 'मैले सुनेको छु, हरेक वर्ष पाठ्यपुस्तक अभाव भएको विषय मिडियाको समाचार बन्ने गरेका छन् , यो वर्ष यस्तो विषय सुन्न नपरोस समयमै पाठ्यपुस्तक पु¥याउने विषयमा ध्यान दिनुस । '

केन्द्रले गरेको कामप्रति सन्तोष ब्यक्त गर्दै मन्त्री श्रेष्ठले भने,'आगामी शैक्षिकसत्रमा पाठ्यपुस्तक नपुगेको सुन्न पाइनेछैन' पहिला दुर्गममा पुस्तक पु¥याएपछि , सुगममा पुस्तक पु¥याउने व्यवस्था गर्नुस।' मन्त्री श्रेष्ठले कक्षा ६ को पाठ्यपुस्तको प्रिन्ट रेडी कपी (पिआरसि) तत्काल ल्याएर छपाई गर्ने व्यवस्था गर्न निर्देशन दिदै भने, कुनैपनि बहानामा पाठ्यपुस्तक नपुगेको सुन्न नपरोस । 

 केन्द्रले आगामी शैक्षिकसत्रमा कक्षा १ देखि ११ सम्म छपाई गर्नुपर्ने लक्ष्य १ करोड ८४ लाख ४६ हजार ९ सय ८० मध्य १ करोड ४७ लाख १३ हजार ९ सय ९९  थान छपाई पुरा गरेको छ । मन्त्री श्रेष्ठ र केन्द्रका अध्यक्ष एवं सचिव थपलियाले केन्द्र परिसरमा रहेको सुरक्षण मुद्रणालय अवलोकन गर्दै अब जनकले अर्थ, यातायात, भुमी व्यवस्था तथा सहकारी लगायत सबै सरकारी निकायको गोप्य काम छपाई गर्नुपर्ने बताए । 

नेपाली सेनाको सुरक्षा घेराभित्र रहेको सेक्युरिटी प्रेसले धमाधम काम गर्दै आएको छ । 

उनले आन्तरिक राजश्व विभागको स्टिकर, कक्षा १० र १२ को प्रश्नपत्र र उत्तरपुस्तिका , सिटिइभीटीको उत्तरपुस्तिका छपाईको अवस्थाबारे जानकारी लिदै यस्ता महत्वपुर्ण कामलाई तिब्रता दिन आग्रह गरेको छ । 

संस्थाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले जनकले पाठ्यपुस्तक अभाव हुन नदिने बचनबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो