फागुन २६, काठमाडौँ । बुधबार बसेको संसद बैठक चैत ३ गतेसम्मका लागि स्थगित भएको छ ।
संसद पुनर्स्थापनापछि बसेको प्रतिनिधिसभाको दोश्रो बैठक शोक प्रस्ताव पारित गरी स्थगित भएको हो । १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गर्दै बैठक चैत ३ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ढिलो गरी सुरु भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमै नबसी फर्किएका थिए ।