2026-09-12 01:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

उपभोक्ता समिति गठनको विषयलाई लिएर गलत प्रचार गरियो : नगर प्रमुख बिष्ट

चैत ४, बझाङ । बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ मा सामुदायिक स्वास्थ्य क्लिनिकको शौचालय निर्माणको लागि उपभोक्ता समिति गठनको विषयलाई लिएर गलत प्रचार गरिएको प्रति नगर प्रमुख धन बहादुर बिष्टले आपत्ति जनाएका छन् ।

उनले समिति गठनको विषयमा जानकारी नभएको भन्दै आफ्नो परिवारलाई जोडेर प्रचार गर्नु गलत भएको बताए । ‘मलाई त्यो जानकारी पनि छैन,थाहा पनि छैन,को समितिमा बस्ने के बस्ने त्यो मेरो जानकारीको विषय होइन’ उनले भने, ‘मेरो परिवारको मान्छे वा नातेदार कुनै समितिमा बसेको छैन,यस्तो भेटिएको खण्डमा कारबाही भोग्न तयार छु,असत्य ठहरिए लेख्ने र भन्नेलाई कारबाही गर्नुपर्छ।’  

सो ठाउँमा स्वास्थ्य चौकिको भवन नभएर सामुदायिक क्लिनिकको शौचालय निर्माणको लागि गाउँका मान्छेहरु बसेर समिति गठन गरेका थिए । समिति कालि कामीको अध्यक्षतामा गठन गरिएको थियो । भने सचिवमा कमला पातली र कोषाध्यक्ष हरिलाल पातली रहेका छन् ।

उनले सो शौचालय निर्माणको लागि रकम समेत आफूलाई थाहा नभएको अवस्थामा नाम जोडिएको प्रति आपत्ति जनाए । ‘रकम समेत जानकारी नहुँदै कसरी नाम जोडियो यसमा मेरो आपत्ति छ ।’ नगर प्रमुख बिष्टले भने ।

मंगलबार नेपाल सरकारका पूर्व उपसचिव भिम उपाध्यायले सामाजिक संजाल फेसबुकमा बुङ्गल नगरपालिकाको स्वास्थ्य चौकि निर्माणका लागि मेयरको घरमा ४ जना एकै परिवारको सदस्य राखेर उपभोक्ता समिति गठन गरेको भन्दै लेखेका थिए ।

No description available.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा