2026-07-10 07:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक शुरु

2021-04-23

वैशाख १०, काठमाडौँ । पार्टीभित्रको विवाद र समसामयिक राजनीनिक विषयमा छलफल गर्न नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा पार्टीविरोधी गतिविधिमा लागेका नेतालाई सोधिएको स्पष्टीकरण, अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच पछिल्ला दुई दिनमा भएका भेटवार्ता आदिको समीक्षा हुने जनाइएको छ ।

यही वैशाख ६ गतेको बैठकको निर्णयका आधारमा एमालेले कर्णाली प्रदेशसभामा पार्टीको औपचारिक ह्वीप उल्लङ्घन गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गर्ने प्रदेशसभाका प्रकाश ज्वालासहित चार सदस्य र यसअघि निलम्बनमा परेका नेता झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत ३२ जनालाई दुई दिनभित्र जवाफ माग्ने गरी स्पष्टीकरण सोधेको थियो ।

पहिलो बैठकमा अध्यक्ष ओलीको राजनीतिक र महासचिव ईश्वर पोखरेलको साङ्गठनिक प्रतिवेदन छलफलपछि पारित भइसकेको छ । एमालेले आगामी मङ्सिरमा दशौँ महाधिवेशन आयोजना गर्ने तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट