2026-07-10 07:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

वैशाख १२, काठमाडौँ | नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदलाई पदमुक्त गर्न पत्र दर्ता गरेको छ । एमाले दलका नेता यामलाल कँडेलले आज प्रदेशसभा सचिवालयमा ती सांसदलाई पदमुक्त गर्ने व्यहोराको पत्र पठाउनुभएको हो । 

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले सचिवालयमा पत्र दर्ता भइसकेको जानकारी दिनुभयो । एमालेले यसअघि मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि वैशाख ३ गते प्रदेशसभामा विश्वासको मतउपर मतदान भएको थियो । उक्त मतदानमा पार्टीको निर्णय/निर्देशन (ह्वीप) विपरीत एमालेका चार प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेर माओवादी केन्द्र नेतृत्वको सरकार जोगाइदिएका थिए । 

शुक्रबार बसेको एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले प्रदेशसभामा ‘फ्लोर क्रस’ गर्ने सल्यान १ (ख) का प्रकाश ज्वाला, दैलेख १ (ख) का अम्मरबहादुर थापा, कालीकोट १ (क) का  कुर्मराज शाही र डोल्पा १ (क) का नन्दसिं बुढालाई पदमुक्त गर्ने निर्णय गरेको थियो । एमालेले प्रदेशसभा सदस्य, दलको जिम्मेवारीका साथै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको पत्रमा भनिएको छ, “निज सांसदहरूको गैरजिम्मेवार, असंसदीय र लज्जास्पद गतिविधिबाट लोकतन्त्र र दलीय पद्धतिमाथि आँच आउने ठहर गर्दै प्रदेशसभा दल र पार्टी प्रदेश कमिटीको सिफारिसका आधारमा कारबाही गरिएको छ ।” 

मुख्यमन्त्री शाहीले ‘फ्लोर क्रस’ गर्नेमध्ये थापा, शाही र बुढालाई मन्त्री पदमा नियुक्त गरिसक्नुभएको छ । सरकारमा थापा भौतिक पूर्वाधार विकास, शाही भूमि व्यवस्था, कृषि तथा सहकारी र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुनुहुन्छ ।  

प्रदेशसभा सचिवालयले अबको १५ दिनभित्र उनीहरुलाई सांसद पदबाट हटाएको जानकारी प्रदेशसभालाई गराउनुपर्नेछ । सो सूचनालगत्तै ती सांसद स्वतः पदमुक्त हुनेछन् ।  एमालेले आफ्ना चार सांसदको पदमुक्त गरेसँगै कर्णाली प्रदेशसभा अब ३५ सदस्यीय हुनेछ । यसअघि दल त्याग गरेको भन्दै माओवादी केन्द्रले सांसद धर्मराज रेग्मीलाई पदमुक्त गरेको थियो । रेग्मी हाल एमालेको केन्द्रीय सदस्य तथा प्रदेश कमिटी सचिव हुनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट