2026-07-10 07:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाऔं : राज्यमन्त्री मानन्धर

वैशाख २६, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोभिड–१९  महामारीमा अत्यावश्यक पर्ने अक्सिजन अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको बताउनुभएको छ । बालाजुस्थित जनमैत्री अस्पतालको आज अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले सरकारले अक्सिजनको अभाव हुन नदिन  र  महामारी नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गरिरहेको जानकारी दिनुभयो । 

उहाँले देशभरका ठूला निजी अस्पताललाई आपत्कालीन रुपमा कोभिड अस्पताल बनाउन आग्रह गर्दै बिरामीको उपचारमा लाग्ने आवश्यक आर्थिक तथा प्राविधिक सहयोग राज्यले गर्ने आश्वासन दिनुभयो । राज्यमन्त्री मानन्धरले अहिलेको विशेष परिस्थितिमा स्वास्थ्य  क्षेत्रमा अक्सिजन अत्यावश्यक रहेको हुँदा अन्य क्षेत्रमा यसको खपत नगर्न उद्योगी तथा व्यवसायीलाई अनुरोध  गर्नुभयो । 

 जनमैत्री अस्पतालमा आजैदेखि ३० शय्याको कोरोना अस्पताल सञ्चालन हुन लागेको छ ।  केही दिनभित्र ४० शय्याको सघन उपचार कक्षसहित १२० शय्या सञ्चालनमा ल्याइने अस्पतालका निर्देशक उमेश पाण्डेले जानकारी दिनुभयो । गत वर्ष महामारीमा भदौदेखि पुससम्म कोभिड बिरामीको उपचार गरेर अस्पताल पुनः बन्द भएको थियो । पछिल्लो समय कोरोनाका बिरामी बढ्दै गएपछि काठमाडौँ उपत्यका र बाहिरी जिल्लाका अस्पतालमा पनि अक्सिजनको अभावमा सङ्क्रमित बिरामीले ज्यान गुमाएको खबर आइरहेका छन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट