२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड विरुद्धको अभियानमा सरकारका प्रयासमा सहयोग होस्ः प्रधानमन्त्री

२०७८, २७ बैशाख सोमबार ०८:५४

वैशाख २७, काठमाडौँ (रासस)। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको अभियानमा  सरकारका प्रयासमा साथ र सहयोग दिन आह्वान गर्नुभएको छ । आफूमाथि विश्वास छ भन्ने  स्पष्ट गर्न आह्वान गरिएको प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले कोरोना नियन्त्रण गर्ने अभियानमा एक जुट भई रोगलाई पराजित गर्ने उत्तरदायित्व वहन गर्र्न सबैसँग आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “विश्व समुदाय नै कोराना संक्रमणले व्याप्त छ, हामी पनि लडाइँ लडिरहेका छौँ । सरकारको ध्यान रोकथाम र उपचारमा केन्द्रित हुँदै आवश्यकताअनुसार लडाइँका कदमलाई विभिन्न ढंगले प्रभावकारी रुपमा अघि बढाइरहेको छ ।”

 यति बेला सबै कोरोनाविरुद्धका लडाइँमा पक्ष र विपक्ष  नभई सिद्धान्त र विचारलाई छाडेर भिन्नतालाई थाती राखेर एक जुट हुनुपर्ने औँल्याउनुभयो ।  प्रधानमन्त्री ओलीले भन्नुभयो, “तर दुःखका साथ भन्नुपर्छ हामी त्यसरी जान सकेनौँ, हाम्रा गतिविधि, चिन्तन र प्रयास जे कुरामा केन्द्रित हुनुपथ्र्याे, त्यो हुन सकेन ।”

सरकार कोभिड र विकासका विषयमा केन्द्रित खोज्दा पनि सरकारले अनेकौं लाञ्छना र आरोप खेप्नु परेको बताउँदै उहाँले औषधि खरीदका नाममा भ्रष्टाचार गरियो भनी  प्रधानमन्त्री र सरकारमाथि हिलो छ्याप्ने काम भएकामा आपत्ति जनाउनुभयो ।

औषधि खरीदमा भ्रष्टाचार भएको पाइएमा सरकार छानबिन गरी जस्तोसुकै कारवाही गर्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण ध्यान कोरोना नियन्त्रणलाई केन्द्रित गरेर नयाँनयाँ अस्पताल र शय्या तयार गर्ने काम भइरहेको छ भन्नुभयो ।

अन्तरराष्ट्रिय समुदायमा नेपालको स्थान स्वर्णकाल देखाउनलायक अवस्थामा पुर्याइएको उहाँले बताउनुभयो । 

विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रुपमा कोरोना प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था छ । यसअघि प्रधानमन्त्री ओलीले विश्वासको मत लिन संविधानको धारा १०० को उपधारा (१) अनुरुप प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक वा उपयुुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्न सक्ने संवैधानिक व्यवस्था छ ।

मन्तव्यका क्रममा प्रमले प्रस्तावका पक्षमा मतदान गर्न सांसदसँग आग्रह गर्नुभयो ।  प्रधानमन्त्रीको प्रस्तावमाथि केन्द्रित रही दलीय प्रतिनिधित्वका आधारमा सदस्यले आआफ्ना धारणा राख्नुहुनेछ । सांसदको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्त्री ओलीले जवाफ दिनुहुने छ ।

प्रधानमन्त्रीको जवाफपछि विश्वासको मतका लागि मत विभाजनसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने छ  । मत विभाजनका क्रममा  हुन्छ, हुन्न र दिन्न भन्ने तीन थरि मत जाहेर गर्ने व्यवस्था हुने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले  आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको हो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा