२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीलाई प्रचण्डको फोन : यो के तमासा गर्नुभएको ?

२०७८, ३१ बैशाख शुक्रबार ०३:०२

बैशाख ३१, काठमाडौं । माधव नेपाललगायत चार नेतालाई निलम्बन फुकुवाको निर्णय गरेपछि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई फोन गरेर यो के तमासा गर्नुभएको ? भनेका थिए।

उनले तपाईंले त निलम्बन फुकुवा गर्नुभएछ, कारबाही फुकुवा गर्नुभएछ, तपाईं कारबाही फुकुवा गर्ने खालको मानिस त होइन किन यसो गर्नुभयो रु भनेर जिज्ञासा राखेका थिए। 

त्यसको जवाफमा ओलीले हो, कारबाही फुकुवा भयो, अरु पनि गर्ने योजना छ भनेपछि के अब त्यसो भए माधव नेपालका माग पूरा गर्दिनु हुने भो भन्दै अर्को जिज्ञासा राखेको स्रोतले जनाएको छ।

दाहालले तपाईं त निर्णय पनि देब्रे हातले गर्नुहुँदो रहेछ भनेपछि ओलीले हो हो अब निर्णय देब्रेले गरे पनि दाहिनेले गरे पनि अहिलेलाई कारबाही फुकुवा भएको साँचो भन्ने जवाफ दिएको स्रोतले जनाएको छ। 

करिब पाँच मिनेट जति ओलीसँग सवाल–जबाफ गरेका दाहालले ओलीसँग गत भदौ २६ गतेको निर्णयतर्फ फर्कनसमेत आग्रह गरेका थिए। ‘तपाईं २०७५ जेठ २ मा फर्कन खोज्दै हुनुहुँदोरहेछ तर अब भदौ २६ को स्थायी कमिटी बैठकको निर्णयतर्फ फर्केर पार्टी मिलाए भैगो नि,’ दाहालेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। तर त्यसको जबाफमा ओलीले म अहिले यतै लागेको छु, भदौ २६ वा अन्य धेरैतिर फर्कनु छ, त्यो कुरा पछि नै विचार गरौंला भनेर फोन राखेका थिए। 

ओली–नेपाल भेटघाटपछि बसेको माओवादी केन्द्रको बैठकमा भने हरिबोल गजुरेल र देवेन्द्र पौडेलले माधव नेपालले धोका दिन्छन् भन्ने पहिला नै थाहा भएको र त्यतिबेला ओलीसँग मिलौं भन्दा नमानेको भन्दै दाहालको आलोचना गरेका थिए। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा