2026-07-11 12:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना खोप लगाउन धमाधम माननीयका आफ्ना मान्छेहरु संसद् सचिवालयमा !

जेठ २, काठमाडौँ | भारतबाट झिकाईएको कोरोनाविरुद्धको कोभिशिल्ड खोपको दुरुपयोग भएको छ । संसद् सचिवालय नयाँ बानेश्वरमा गत शुक्रवारदेखि सांसद, संसद्का कर्मचारी, मर्यादापालक र संसद हेर्ने पत्रकारका लागि भनि दोस्रो डोजको खोप लगाउन सुरु गरिएको छ । उक्त खोप लगाउन सांसदहरुले आ-आफ्नो मान्छे लैजाने गरेका छन् । 

लक्षितहरुको लागि छुट्टयाईएको उक्त खोप लगाउनको लागि भन्दै सांसदका गाडीमा मानिसहरु ओसार्ने गरिएको छ । खोप लगाउन आएको देखेपछि लगाउन नपाउने भन्न नमिल्ने भन्दै खोप लगाउदै पठाउँदै गरेको चाल पाएर सर्वसाधारणहरु समेत खोप लगाउने आशामा त्यहाँ पुगेका छन् । 

गत फागुनमा पहिलो डोज लगाएका सांसद, संसद्का कर्मचारी, मर्यादापालक तथा पत्रकारका लागि दोस्रो डोज अस्ति, हिजो र आज दिने तयारीअनुसार संसद् सचिवालय र स्वास्थ्य मन्त्रालयको समन्वयमा एक हजार चार सय ५० डोज खोपको व्यवस्था गरिएको थियो । त्यहीअनुसार अस्ति सांसदलाई, हिजो संसद्का कर्मचारी र पत्रकार तथा आज मर्यादापालक लगायत हिजो र अस्ति छुटेकालाई खोप दिने भनिएको थियो । 

संसद् सचिवालयमै खोपको दुरुपयोग भएको सम्बन्धमा सामाजिक सञ्जालमा समेत आलोचना भएको छ । पूर्वसचिव द्वारिकानाथ ढुङ्गेलले खोपको दुरुपयोग भइरहेको विषयमा सभामुख, संसद्का महासचिव र स्वास्थ्य मन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने टिप्पणी सहित सामाजिक संजालमा एउटा पोष्टनै लेखेका छन् । 

पूर्वसचिव ढुङ्गेलको पोष्ट जस्ताको तस्तै:

'सभामुख, संसदका महासचिव र स्वास्थमन्त्री – तुरुन्त राजिनामा दे

सार्वजनिक सूचना बेगर हिजो जेष्ठ १ गते बानेश्वरस्थित संसद भवनमा ३ वजे सम्म आम जनतालाई समेत भारतीय कोभ्याक्सको दोस्रो डोज दिइयो । सो समयपछि पुगेका लाई आज विहान १० बजे आउन भनिएछ । सो खवरको आधारमा आज ९ बजे देखिनै बुढा बुढी लगायत सैयौं ब्यक्ति बानेश्वर संसद भवनको दोस्रो र तेस्रो नम्बरको ढोका मा कहिले १० बज्ला भनेर कुरेर बसेका थिए । त्यस अवस्थामा एकतिर १० बजे आज दोस्रो डोज दिंइदैन, सूचना कुर्नु  भनेर प्रहरीले उभ्भिएका लाई धपाउन थाले भने अर्का तर्फ संसदको पास भएका केही कर्मचारी, केही पत्रकार तथा अन्य केही (धेरै संभवना सांसद थिए) ले आ–आफ्ना मानिसलाई संसद भवन परिसर भित्र लगेर इन्जेक्सन लगाउनको लागि लाईनमा उभ्याइएको बाहिर बाट स्पष्ट देखिन्थ्यो । संसद परिसरमा यस्तो अनैतिक, गैर जिम्मेवार र जनताको जीवनसँग खेलबाडको अवस्था सृजनागर्ने सभामुख र संसदका महासचिव, तिमीहरु पदमा बसिरहन कुनै दृष्टिकोणबाट पनि लायक छैनौ । तुरुन्त राजिनामा गर । साथै, सदा बाक पटुतामा उतकृष्ट देखिने तर कोभिडको महामारीका कारण जनता मरी रहँदा पनि अक्सिजन र भेन्टीलेटरको ब्यबस्था गर्न नसक्ने तथा नीजि अस्पतालहरुले बिरामीलाइ चुसीरहँदा पनि मुक दर्शक भएर बस्ने स्वास्थ मन्त्रीलाई पनि कुर्सीमा बसिरहने अधिकार छैन । अतः उनको पनि राजिनामा चाहियो !'


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट