2026-07-10 10:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माधव नेपालपक्षीय युवाले दर्ता गरे नयाँ दल, चुनाव चिह्न कलम !

जेठ ९, काठमाडौँ । निर्वाचन आयोगमा एमालेकै युवाहरूको नेतृत्वमा नयाँ दल दर्ताका लागि निवेदन परेको छ । सत्तारुढ नेकपा एमाले विभाजनको संघारमा रहेको बताइएका बेला एमालेकै युवा नेता जीवन राई अध्यक्ष रहने गरी आयोगमा नेकपा (एकीकृत) नामको दल दर्ताका लागि निवेदन परेको आयोग स्रोतले जानकारी दिएको छ ।

नयाँ दलको चुनाव चिह्न कलम प्रस्ताव गरिएको छ । प्रस्तावित दलको उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेका छन् ।

स्रोतका अनुसार यी सबै एमाले वरिष्ठ नेता माधव नेपाल निकट युवाहरू हुन् । स्मरण रहोस्, राष्ट्रिय सभा उपनिर्वाचनमा माधव नेपाल पक्षीय स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाले कलम चिह्न लिएर नै चुनाव जितेका थिए ।

आयोगमा नेकपा (लोकतान्त्रिक) नामको अर्को दल दर्ताका लागि पनि निवेदन परेको छ । जसको चुनावचिह्न गोलाकारभित्र ५ कुने तारा प्रस्ताव गरिएको आयोग स्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट