2026-07-10 08:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेका थप १२ जनाले पनि पार्टीलाई स्पष्टीकरण नबुझाउने

जेठ १४, काठमाडौँ | नेकपा एमालेका थप १२ जना नेताहरुले पनि पार्टीलाई स्पष्टीकरण नबुझाउने भएका छन् । गत बुधवार एमालेले थप १२ जना नेताहरुलाई स्पष्टीकरण पठाएको थियो । 

एमाले नेताहरुले स्पष्टीकरणको जवाफ पठाइरहनुपर्ने आवश्यकता नदेखिएको भन्दै स्पष्टिकरण सोधिएका सबै १२ जना नेताहरुले स्पष्टीकरण नदिने निर्णय गरेका हुन् ।

गत सोमवार बसेको नेकपा एमाले स्थायी कमिटीको बैठकले नेपाल-खनाल सहित ११ जना नेताहरुलाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गरेको थियो । त्यसरी निकालिएका नेताहरुमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, रामकमारी झाँक्री, मुकुन्द न्यौपाने, सरला यादव, कल्याणी खड्का, पुष्पा कर्ण, निरु जैरु, कलिना खान र लक्ष्मीकुमारी चौधरी रहेका छन् ।

थप १२ जना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । एमालेले विपक्षी गठबन्धनलाई सघाएको भन्दै २३ जना विघटित प्रतिनिधि सभाका सदस्यमध्ये १२ जनालाई अस्ति बुधवार २४ घण्टे स्पष्टीकरण सोधेको थियो । 

थप स्पष्टिकरण सोधिएका नेताहरुमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट