2026-07-10 10:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब ओली सरकारको मन्त्रिमण्डलमा प्रदेश-२ बाट मात्र ५६ प्रतिशत मन्त्री

जेठ २७, काठमाडौँ | ओली सरकारको मन्त्रीमण्डलमा प्रदेश २ बाट मात्र ५६ प्रतिशत मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरि मन्त्रिपरिषद विस्तार गरेपछि प्रदेश २ बाट मात्र मन्त्री बन्नेको संख्या १४ पुगेको छ ।

एमाले सरकारमा राजपाका नेताहरूलाई सन्तुष्ट पार्ने क्रममा मन्त्रीपद बाड्दाबाड्दै कुल २५ सदस्यीय मन्त्रीमण्डलमा बहुमत मन्त्रीहरु प्रदेश २ बाट बनेका हुन् । पछिल्लो पटक मन्त्री बनेकाहरू अधिकांश प्रदेश नम्बर २ का रहेका छन् ।

ओली सरकारको मन्त्रीमण्डलमा गृहमन्त्रीमा एमालेका खगराज अधिकारी, सञ्चार मन्त्रीमा बादलपत्नी नैनकला थापा, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, वनमन्त्रीमा नारदमुनि राना, विना विभागीय मन्त्रीमा मोहन बानियाँ, उद्योग मन्त्रीमा राजपाका राजकिशोर यादव, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी र वन राज्यमन्त्रीमा आशा विक थपिएका छन् । 

यसअघि गत जेठ २१ गते प्रधानमन्त्री ओलीले राजपाका एक उपप्रधानसहित १० मन्त्रीहरूसमेटेर मन्त्रिमण्डल पुनर्गठन गरेका थिए।

प्रदेश २ बाट मन्त्री हुनेहरुमा जसपाबाट राजेन्द्र महतो उपप्रधान तथा सहरी विकास मन्त्री, शरदसिंह भण्डारी ऊर्जा मन्त्री, अनिलकुमार झा खानेपानी मन्त्री, लक्ष्मणलाल कर्ण भूमि सुधार मन्त्री, एकवाल मियाँ खेलकुद मन्त्री, विमल श्रीवास्तव श्रममन्त्री, उमाशंकर अरगरिया, पर्यटन मन्त्री, चन्दा चौधरी महिला तथा बालबालिका मन्त्री, रेनुका गुरूङ महिला राज्यमन्त्री र चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री बनाएका थिए । त्यस्तै जेठ २१ रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाईएको थियो । त्यस्तै लीलानाथ श्रेष्ठ कानुन मन्त्री बनाइएका थिए । महासेठ र श्रेष्ठ पनि प्रदेश २ कै हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट