२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभा विघटनले लोकतन्त्रमाथि नै खतरा उत्पन्न गरेको छ : देउवा

२०७८, १० असार बिहीबार १२:०४

असार १०, काठमाडौं (रासस)। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनले लोकतन्त्रमाथि नै खतरा उत्पन्न गरेको बताउनुभएको छ । विपक्षी गठबन्धनले आज विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको आजको अन्तरक्रियामा  उहाँले प्रतिनिधिसभाका बहुमत १४९ सदस्यको हस्ताक्षरसहित राष्ट्रपतिको आह्वानअनुसार आफूहरुले प्रधानमन्त्रीका लागि दाबीसहित पेश गरेको आवेदन अस्वीकार गर्नु लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार भएको टिप्पणी गर्नुभयो ।  

सो अवसरमा सभापति देउवाले राष्ट्रिय हितको संरक्षण, नेपालको संविधान, लोकतन्त्र, संसद्को रक्षा तथा जनतालाई महामारी एवम् प्राकृतिक विपत्तिबाट जोगाउने उद्देश्यका साथ पाँच राजनीतिक दलको संयुक्त मोर्चा बनेको अवगत गराउनुभयो । सरकारबाट भएका कतिपय  कार्य र निर्णय अदालतबाट रोकिएको जनाउँदै पूर्वप्रधानमन्त्रीले राष्ट्रिय स्वार्थ र जनताको हितलाई सर्वोपरी राख्दै संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन, सामाजिक न्याय, समावेशी लोकतन्त्र, कानूनी शासन र समृद्धिलाई आफूहरुले साझा गन्तव्यका रुपमा लिएको बताउनुभयो ।

आवश्यक परेमा जनपरिचालनको दिशातर्फसमेत अगाडि बढ्ने उहाँले बताउनुभयो । सभापति देउवाले नेपालको गौरव र स्वाभिमानलाई ध्यानमा राख्दै मुलुकका बारेमा नेपालीले नै निर्णय गर्ने कुरामा अटल विश्वासका साथ बदलिँदो विश्व परिवेशमा राष्ट्रिय हितको रक्षा लोकतान्त्रिक प्रणालीको आधारमा गर्नुपर्ने मान्यता स्पष्ट गर्नुभयो ।

सरकारबाट दुई–दुई पटक प्रतिनिधिसभाको विघटन गर्ने, अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, स्वतन्त्र न्यायालय तथा संवैधानिक निकायलगायत राज्य संयन्त्रमाथि हस्तक्षेप गर्ने, कोरोनाविरुद्धको पहिलो खोप लगाएकालाई दोस्रो खोप नपाउने स्थिति सिर्जना गर्ने, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि प्रभावकारी पूर्व तयारी नगर्ने काम भएको सभापति देउवाको आरोप थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै