2026-07-10 11:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदीय समितिले ‘लाल बाकस’ फेला पार्न सकेन

असार २३, काठमाडौं । राष्ट्रियसभाको एक समितिले तत्कालीन राजदरबारमा रहेको लाल बाकस फेला नपारेको जनाएको छ। ऐतिहासिक सन्धि सम्झौता र राष्ट्रिय महत्वका दस्तावेज सुरक्षित राखिएको लाल बाकस अहिलेसम्म गायब भएको छ। त्यो बाकस फेला पारेमा सन्धि सम्झौता, सीमासम्बन्धी नक्साको सूची रहेको तथ्य फेला पर्ने इतिहासविद्को भनाइ छ।

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले इतिहासविद्सँगको छलफलपछि लाल बाकसको खोजी कार्य गरेको समितिका सभापति रामनारायण बिडारीले जानकारी दिए। समितिको २०७७÷०७८ वार्षिक  प्रतिवेदनमा पनि यसबारेमा उल्लेख गरिएको छ। तर, त्यो बाकस कसरी गायब भएको छ त्यसबारे थप अनुसन्धान भइरहेको समितिले जनाएको छ। यस क्रममा समितिले तत्कालीन राजदरबारका पदाधिकारी, परराष्ट्र अधिकारी, सैनिक अधिकारी, इतिहासविद् र अभिलेखालय प्रमुखसँग छलफल गरेको छ। 

उनीहरूले यो बाकस महत्वपूर्ण रहेको भन्दै खोजी गर्नुपर्ने बताएका थिए। इतिहासविद् ज्ञानमणि नेपाल, योगी श्रीषनाथ, इतिहासविद् महेशराज पन्तले पनि लालबक्सको खोजी गर्नुपर्ने सुझाव दिएका छन्।

परराष्ट्र मन्त्रालयमा रहेका सबै महत्वपूर्ण कागजात राजदरबारमा सारिएको र लाल बक्समा राखिएको भनी इतिहासकार बाबुराम आचार्य समेतको भनाइ रहेको कुरा उनीहरूले बताएका थिए। परराष्ट्रका कागजात १४ पोका अभिलेखालयमा अझै व्यवस्थित गर्न नसकेको, विसं १८४८ मा भएको कुमाउ सन्धि, मृगस्थलीमा भएको योगी नरहरिनाथद्वारा संकलित दस्ताबेजहरू संरक्षण गर्न अति जरुरी भएको उनीहरूले बताएका थिए।  

समितिले गत वर्ष समितिमा पुरातत्व विभागका महानिर्देशक एवं राष्ट्रिय अभिलेखालयका पूर्वप्रमुख भीमप्रसाद नेपालसँग पनि छलफल गरेको थियो उनले भने, ‘म अभिलेखालयको प्रमुख रहँदा २०६५ सालमा गणतन्त्रको घोषणा भई तत्कालीन राजा नागार्जुन प्रस्थान गरेपश्चात् दरबारमा रहेको लाल बाकस अभिलेखालयले बुझ्नु पर्दछ, तपाईं तयारी अवस्थामा रहनुहोला भनी आफूलाई पुरातत्व विभागका तत्कालीन महानिर्देशक कोषप्रसाद आचार्यले भन्नुभएको थियो तर आफ्नो कार्यकालभित्र त्यो बाकस प्राप्त हुन सकेन।’ यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट