२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसदद्वारा भ्रष्टाचार, हिंसा, महामारी र विपद्का घटना रोक्न माग

२०७८, २६ श्रावण मंगलवार ०९:२०

साउन २६, काठमाडौँ । सांसदहरुले मुलुकमा देखिएको भ्रष्टाचार, अनियमितता, कोभिड–१९ को महामारी, मनसुनजन्य विपद्जस्ता घटना न्यूनीकरणमा गम्भीरतापूर्वक लाग्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । राष्ट्रियसभाको आजको विशेष समयमा बोल्दै उहाँहरुले बाढीपहिरोबाट प्रभावितको पुनःस्थापनका साथै उनीहरुलाई उचित क्षतिपूर्ति दिन पनि माग गर्नुभएको छ । 

बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद तारादेवी भट्टले देशभर बाढीपहिरोबाट अत्यधिक क्षति पुगेकाले पीडितलाई उचित क्षतिपूर्तिका लागि सरकारसँग माग गर्नुभयो । उहाँले क्षति कम बेहोर्न दीर्घकालीन योजनाको खाँचो रहेको औँल्याउँदै भारतसँग देखिएको समस्या कूटनीतिक रुपमा समाधान गर्न पनि आग्रह गर्नुभयो । सोही पार्टीका सांसद रमेशजङ्ग रायमाझीले मुलुकको विकासका लागि र सरकारले बाटो नविराओस् भनेर गठबन्धन दलबाट साझा कार्यक्रम सार्वजनिक गरिसकेको बताउनुभयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई कम्तीमा काम गर्न दिन पनि आग्रह गर्दै उहाँले सरकारले आगामी दिनमा जनताको पक्षमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई उन्मूलन नगर्दासम्म मुलुकले सोचे अनुसारको विकास गर्न नसकिने बताउनुभयो । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो । कतिपय जिल्लामा विद्युत्लगायत विकास निर्माण कार्य अधुरै रहेकाले प्रक्रिया अघि बढाएर अधुरा योजना सम्पन्न गर्न सरकारसँग उहाँले अनुरोध गर्नुभयो । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का खिमलाल भट्टराईले एक महिना पुग्दा पनि सरकारले पूर्णता नपाउनु दुःखद भएको उल्लेख गर्नुभयो । सत्ताधारी दलको आलोचना गर्दै उहाँले राजनीतिक दल बलियो भए मात्रै लोकतन्त्र बलियो हुने भनाइ राख्नुभयो । 

सोही पार्टीका सांसद बिमला घिमिरेले दार्चुला घटनाका पीडितलाई उचित क्षतिपूर्ति दिलाउन सरकारसँग माग गर्नुभयो । कोरोनाविरुद्धको खोप लगाउने कार्य अव्यवस्थित भएकाले कोरोना सङ्क्रमण झन बढ्ने स्थितितर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । कक्षा १२ को परीक्षा स्थगित गर्दा विद्यार्थी मारमा परेकोमा उहाँले चिन्ता प्रकट गर्नुभयो । सोही पार्टीका अगमप्रसाद वान्तवा राईले इलामको चिया  बगानका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । बगानले कर नतिरेको भन्ने गुनासोको वास्तविकता सार्वजनिक गर्न पनि सरकारसँग उहाँले माग गर्नुभयो । उहाँले चिया बगानलाई पर्यटन विकासमा भरपुर उपयोग गर्नु पनि आग्रह गर्नुभयो । एमालेकै तुलसाकुमारी दाहालले सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेर भूमिहीनको समस्या बल्झाएको बताउँदै भारतीय सीमा क्षेत्रमा रहेका सीमान्तकृत र दलित परिवारको उचित व्यवस्थापनका लागि सरकारसँग माग गर्नुभयो । त्यहाँका परिवारलाई भारतीय सीमा सुरक्षाकर्मीबाट ज्यादती हुने गरेकातर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । दाहालले समानतामा आधारित सिद्धान्त लागू गर्न पनि आग्रह गर्नुभयो ।

एमालेकै उदया शर्मा पौडेलले महिला तथा बालबालिकामाथि कार्यक्षेत्रमा हुने हिंसा र दुव्र्यवहार रोक्न र उनीहरुलाई सुरक्षा प्रदान गर्न सरकारसँग अनुरोध गर्नुभयो । हिंसा र दुव्र्यवहारका घटना बढ्दो क्रममा रहेकाले तत्काल हिंसा र दुव्र्यवहारसम्बन्धी महासन्धी अनुमोदन गर्न पनि उहाँले माग गर्नुभयो । उहाँले छाडा र अपमानजनक शब्द प्रयोग गरेर गीत बनाउने क्रम देखिएकाले यसतर्फ कलाकारलाई सचेत गर्न पनि माग गर्नुभयो ।  

अर्का सांसद ठगेन्द्रप्रकाश पूरीले कोभिड– १९ सबैको साझा समस्या रहेकाले सबैले कर्तव्यका साथ सामना गर्न अनुरोध गर्नुभयो । उहाँले खोप अभियान बिना भेद्भाव र सरल रुपमा वितरण गर्नुपर्ने बताउनुभयो । उहाँले ४७ हजारले कोरोना बीमा रकम प्राप्त गरेपनि एक लाख ९६ हजार बढीले बीमा रकम प्राप्त गर्न नसकेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ