२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्युनिष्टहरुको एकता अहिलको आवश्यकता: अध्यक्ष प्रचण्ड

२०७८, २ भाद्र बुधबार ०७:४१

भदौ २, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दार कम्युनिष्टको एकता अहिलको आवश्यकता भएको बताउनुभएको छ । शहीद रामवृक्ष यादवको २७औँ स्मृति दिवसका अवसरमा आज माओवादी केन्द्रको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भर्खरै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी पुनर्निर्माण गर्ने सङ्कल्प गरेको बताउनुभयो । 

माओवादी शान्ति सम्झौता प्रक्रियामा आएपछि क्रान्तिकारी चरित्र, संस्कार बिर्सिंदै गएको गुनासो आएकाले यसकाविरुद्ध आफैँ आत्मसमीक्षा गर्ने, सङ्कल्प गर्ने आवश्यकता रहेकामा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामी सबै पद, प्रतिष्ठामा ध्यान दिने व्यक्तिवादी भएका छौँ, यसमा समीक्षा गनुपर्ने भएको छ, विचार, सिद्धान्त र वर्गप्रति समर्पित हुनु अहिलेको आवश्यकता हो ।”

अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा गएर विचारलाई अझ परिमार्जन, परिस्कृत गर्ने, महाविशेनसम्म गएर त्यसलाई थप समृद्ध गर्ने तयारीमा पार्टी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले आफ्नो औचित्य सिद्ध गर्न सकेनाँै भने विघटन र विसर्जनको भुमरीमा पर्ने सम्भावना छ, तर हामी त्यस्तो हुन दिने छैनाँै, शहीदहरुको योगदानको बलमा अन्तिम समयसम्म हामी लड्नेछौँ ।” उहाँले कम्युनिष्ट पार्टीहरुबीच एकताको झण्डा र राष्ट्रिय एकताको झण्डा उठाउने सङ्कल्प आफूहरुले गरेको जनाउँदै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्दै, सबै खाले टुटफुटविरुद्ध उत्रिन आवश्यक रहेकामा जोड दिनुभयो ।

कम्युनिष्ट पार्टीभित्रै विभिन्न नकारात्मक प्रवृत्ति रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सम्पूर्ण उपलब्धिलाई धराशयी पार्ने प्रवृत्ति कम्युनिष्ट पार्टीभित्रबाट देखापर्यो, त्यसलाई हामीले प्रतिगमन भन्यौँ, त्यो प्रतिगमन अहिलेलाई पराजित भएको छ, हामीले त्यसकाविरुद्ध निर्मम ढङ्गले सङ्घर्ष र विद्रोह गर्नुपर्ने स्थिति देख्यौँ र विद्रोह गर्यों ।”

कार्यक्रममा अध्यक्ष प्रचण्डले शहीद रामवृक्ष यादवको स्मरण गर्दै यादव विचारमा प्रस्ट, सिद्धान्तमा निष्ठावान्, आन्दोलनमा समर्पित, सबैसँग मिलनसार, मृदुभाषी, बहुआयामिक व्यक्तित्व रहेको बताउनुभयो । तराई, मधेसको सर्वमान्य नेताका रुपमा स्थापित हुँदै अघि बढ्नुभएका यादवको जनयुद्धको तयारीका क्रममा हत्या भएको र त्यसबेला पार्टीलाई ठूलो क्षति पुगेको उहाँले जानकारी दिनुभयो । 

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले शहीद यादवको व्यक्तित्वको चर्चा गर्दै कम्युनिष्ट आन्दोलनमा उहाँको योगदान सदा स्मरणीय रहने बताउनुभयो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ